प्रसिद्ध पर्यटकिय क्षेत्र खप्तडमा अन्तराष्ट्रिय काब्य सम्मेलन हुने ।

चैत्र ५,धनगढी ।  
प्रसिद्ध पर्यटकिय क्षेत्र खप्तडमा कबि  स्म्मेलन हुने भएको छ ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान  गोदावरीको आयोजनामा बैशाखको अन्त्य तिर खप्तड अन्तराष्टिय साँस्कृतिक पद यात्राा तथा काब्य सम्मेलन  हुने भएको हो । सम्मेलनको बारेमा जानकारी दिने उदेश्यले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष पदम राज जोशीले सम्मेलनमा नेपाल र भारतका कबि  पत्रकार गरेरे झन्डै ५० जानाको सहभागीता रहने जानकारी दिए । सात नम्बर प्रदेशको प्रर्यटनको बिकासको लागी कार्यक्रम गर्न लागेको अध्यक्ष जोशीको भनाइ रहेको छ ।

पद यात्रामा सहभागीहरुलाई यस क्षेत्रमा रहेका चार धाम गोदावरी ,परशुराम ,दिल्पेस्वर र बैधनाथको बारेमा जानकारी गराइ गुरु योजना निर्माणको लागी पहल गर्न सरकारलाई दबाब दिइने उदेश्य रहेको आयोजकले जनाएको छ।यात्राको  थालनी गोदावरी धामबाट हुने भएको छ ।

पदयात्राको क्रममा बिभिन्न ठाउमा साहित्यक कार्यक्रम गरिने र साहित्य क्षेत्रमा लागेका ब्यक्तीहरुलाई सम्मान गरीने कबि हेमन्त बिबसले जानकारी दिए। पदयात्रामा सहभागी हुन देशका प्रमुख , प्रदेशका प्रमुख ,मुख्य मन्त्री , मन्त्री लागायत सबैलाई आग्रह गरिने अध्यक्ष जोशीले जानकारी दिए । झण्डै ११ हजारको फिटमा रहेको खप्तडमा बाह्य  पर्यटक लैजाने पटक पटक पहल भएपनी उचित बसोबास र खानाको असुबिधा हुँदा बाह्य पर्यटक बढन सकेका छैनन ।      

प्रतिकृया दिनुहोस

प्रदेश ७ मा छिट्टै नेपाल पर्यटन बोर्डको अफिस स्थापना गरी आन्तरिक पर्यटनलाई भित्र्याउने गृहकार्य थलानी गर्दैछौं - पर्यटनमन्त्री रबिन्द्र अधिकारी

धनगढी ,असार ३१ ।  संघिय सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यम मैत्री वातावरण सृजना गरिरहेको

कैलास मानसरोवर जाने पर्यटकहरुलाई लक्षित गरि बझाङबाट हुम्लाको हिल्सा सम्म हेलिकप्टर उडान हुने

बझाङ ,असार २० ।  कैलास मानसरोवर दर्शन गर्न चाहने पर्यटकहरुलाई लक्षित गर्दै सस्तो खर्चमा अब बझाङबाट हुम्लाको हिल्सा सम्म हेलिकप्टर उडान हुने भएको छ

आज धान दिबस ,सात नम्बर प्रदेशका मन्त्रीहरु खेतमा हलो जोत्दै

अत्तरिया ,असार १५ ।  आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर यो दिबस  मनाइँदैछ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन याे दिवस