प्रधानमन्त्रीले बोलाएपछि सबै प्रदेशका मुख्य मन्त्री काठमाण्डौ पुगे

चैत्र ६, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाउनु भएको छ ।
 प्रदेश सरकारहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई काठमाडौं बोलाएका हुन् । प्रधानमन्त्रीले उनीहरुसँ गत  बुधवार सामुहिक रुपमा छलफल गरी प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।प्रदेश सरकारका मन्त्रीहरु समेत काम नभएको भन्दै काठमाडौंतिरै भौतारिरहेका छन् ।

 मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय प्रदेशका मन्त्रीलाई दिने गाडीसमेत छैनन् । प्रधानमन्त्री ओलीले सोमवारमात्रै मन्त्रीलाई दिने गाडी नभएकाले प्रदेशमा मन्त्रिपरिषद सानो बनाइएको बताएका थिए ।

प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरुको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला बुधवारको बैठकमा प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउन लागिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । प्रधानमन्त्रीले प्रदेश सरकार सन्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी लिनेछन् ।

पहिलो पटक संघीय अभ्यासमा मुलुक गएकाले प्रदेश सरकारहरु आफैं सन्चालन हुन समय लाग्ने कानुन मन्त्री शेरबहादुर तामाङले बताए । तत्कालका लागि केन्द्रबाटै प्रदेशहरुलाई नमूना कानुन बनाएर पठाउनेदेखि, प्रदेशसभाबाट कानुन बनाउन सहजीकरण गरिने उनले बताए । प्रदेश सरकारहरु बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाएका हुन् ।

प्रदेशसभा र प्रदेश सरकार सन्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बुधबारको बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ । प्रदेश सरकारलाई साधन स्रोतसहित शक्तिसाली बनाउन प्रधानमन्त्री सकारात्मक रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

अत्तरिया , असार २९ । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानु जयन्तीको अवसरमा देशका बिभिन्न ठाउ

नेपाल पत्रकार महासंघद्धारा श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग

काठमान्डौ , असार २५ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण

ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

काठमाण्डौ ,असार १५ ।  सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको