कैलालीमा २१ हजार परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदैं

चैत्र ६ धनगढी ।  । 
कैलालीका अति गरिबीको रेखामुनि रहेका परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने कार्य सुरु भएको छ । गरिबी निवारण तथा सहकारी मन्त्रालयको गरिबी तथ्याङ्क अनुसार कैलालीमा २१ हजार ५ सय ७७ परिवार गरिबीको रेखामुनि रहेका छन् ।  सरकारले ती परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने कार्य अगाडि बढाइसकेको स्वास्थ्य बीमा कार्यक्रम कैलालीका निर्देशक नरेश चौधरीले बताए । 
अति गरिब परिवारको सूचीमा परेका परिवारको निशुल्क स्वास्थ्य बीमा गर्न जिल्ला भर १ सय ४५ दर्ता सहयोगी परिचालन गरिएको निर्देशक चौधरीले जानकारी दिए ।  यस्तै जिल्लामा रहेका १३ हजार ४ सय ६५ मध्यम परिवारलाई पनि ५० प्रतिशत अनुदानमा स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराइने निर्देशक चौधरीले जनाए । 
कैलालीमा हालसम्म २४ हजार ८ सय ७ घर परिवारले स्वास्थ्य बीमा गरेका छन् । आगामी साउनदेखि वैदेशिक रोजगारीमा जाने युवा र सरकारी कर्मचारीको अनिवार्य स्वास्थ्य बीमा नीति कार्यान्वयन हुने निर्देशक चौधरीले जानकारी दिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन एक वडा एकजना दर्ता सहयोगी परिचालन गरिएका छन् । 
सरकारले स्वास्थ्य बीमा कार्यक्रममा उपलब्ध गराइने औषधिको संख्या बढाएर पछिल्लो समय १ हजार १ सय १८ पुर्याएको छ । यस्तै सिटिस्क्यान, एमआरआई स्वास्थ्य परीक्षण सेवा पनि स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरिएको निर्देशक चौधरीले बताए । स्वास्थ्य बीमा कार्यक्रममा गत मंसिरदेखि आँखा परीक्षण कार्यक्रम पनि समावेश गरिएको थियो । निर्देशक चौधरीका अनुसार १ महिनापछि बीमा शुल्क र सुविधा बढ्ने भएको छ । हाल ५ जनासम्मको परिवारले २ हजार ५ सय तिरेर बीमामा सहभागी हुने र सोबापत् वार्षिक ५० हजारसम्मको सुविधा पाउने प्रावधान रहेको छ ।
 यसै गरी ५ जनाभन्दा बढी सदस्य भएको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन वार्षिक ३ हजार तिरेर १ लाखसम्मको सेवा पाउने व्यवस्था रहेको थियो ।  अबको १ महिनापछि भने ५ जना सदस्य भएको परिवारले वार्षिक ३ हजार ५ सय तिरेर वार्षिक १ लाख सेवा पाउने र ५ जनाभन्दा बढी सदस्य भएको परिवारले ४ हजार तिरेर २ लाखसम्म उपचार खर्च पाउने निर्देशक चौधरीले जानकारी दिए ।
पत्रकार  हिमाल  जोशीबाट  
 

प्रतिकृया दिनुहोस

सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिए

बैतडी,चैत्र ९ । बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको

भिटामिन ए र जुकाको औषधि आज पनि खुवाइँदै

चैत्र ७ । बिहिवार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज शुक्रवार पनि औषधि खुवाइँदैछ । बालबालिकालाई पायक पर्ने ठाउँमा गएर भिटामिन ए र

भिटामिन ए र जुकाको औषधि खुवाइदै

बैशाख,६ । देशैभर रहेका पाच वर्ष मुनिका बालबालिकालाई सरकारले बिहिवार भिटामिन ए र जुकाको औषधि खुवाउदैछ । एकवर्ष देखि पाच वर्षसम्मका बालबालिकालाई