दिवाकर शर्माको तिर्खा की पानी एल्बम धनगढीमा सार्बजनिक

चैत्र ६ ,धनगढी  
गायक दिवाकर शर्माको तिर्खा की पानी एल्बम धनगढीमा सार्बजनिक गरिएको छ । पत्रकार सम्मेलन गरी काठमाण्डौंपछि ७ नं. प्रदेशको अस्थायी मुकाम धनगढीमा सो एल्बम सार्बजनिक गरिएको हो ।
४० दशकदेखि सांगितिक क्षेत्रमा होमिएका शर्माले साधकीय आवाजबाट गाइएका गीतलाई सुनेर माया गरिदिन स्रोता समक्ष आग्रह गरिएको छ । उनले विकाउ भन्दा पनि टिकाउको संगित क्षेत्रलाई अंगालेर तिर्खाकी पानी एल्बम लिएर आफू श्रोता माझ आएको बताए ।
विभिन्न विधाका गीत गाएर श्रोताको मन जित्न सफल गायक दिवाकर शर्माले नेपाली संगितको बिस्तृतीकरण हुनुपर्नेमा जोड दिएका छन् ।
संगितकार बुलु मुकारुङले आधुनिक संगित काठमाण्डौंमा मात्र सिमित भएको भन्दै गित संगितलाई सबै क्षेत्रमा पुर्याउने आफूहरुको उद्देश्य रहेको बताए । संस्कृतिको बलियो क्षेत्र सुदूरपश्चिम भएकोले यो क्षेत्रलाई गित संगितका माध्ययमबाट चिनाउन आवश्यक रहेको उनले बताए ।
राम्रो चिज दिँदा श्रोताहरुको ध्यान जाओस् भन्नका लागि सांगितिक प्रर्वद्धनमा हिडेको मुकारुङले बताए । पत्रकारहरुसँग दिवाकर शर्मा तिर्खाकी पानी एल्बम लिएर धनगढी हुँदै डडेल्धुरा, डोटी, सुर्खेत दाङ, नेपालगञ्जसम्म पुग्नेछन् ।
कार्यक्रममा प्राज्ञ बासुदेव पाण्डेय, बरिष्ठ साहित्यकार पदमराज जोशी, युवा साहित्यकार हेमन्त विवस र टोपेन्द्र शाहले सांगितिक क्षेत्रको प्रवद्र्धन तथा सम्बद्र्धनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

धौलीको ब्या भयो भन्दै हिट भएका लोकपप गायक चेतन बोहरा फेरि सबैलाई नचाउने गित अम्बर डम्बरवाट चर्चा कमाउदै

हेमराज भट्ट , अत्तरिया , बैशाख ०५ । नेपाली कलाकारिता क्षेत्रमा प्रबेश गरेको  छोटो समयमै थुपै्र चर्चा कमाउन सफल नेपाली लोक पप तथा देउडा गायक चेतन

बिदेशमा पहिलो पटक देउडा गितको छायाँकन

रमेश भट्टराई,दुबर्ई   देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गित कम्मर लड्काई लड्काई नयाँ वर्षमा बजारमा आउने भएको छ । पहिलो गित दुवईको लाहुर्याको

प्रदेश नं ७ का बिभिन्न शहरहरुमा नेपाली कथानक चलचित्र मेरो पैसा खै को च्यारिटि सो हुदै

हेमराज भट्ट , चैत्र १६ अत्तरिया । पछिल्लो समय नेपाली समाजमा फैलिरहेको बिकृति , बिसंगति , चेलीबेटी बेचबिखन लगाएतका घटनाहरुलाई समेटेर तयार पारिएको