नेपाली कागे्रश क्षेत्र नं ४ ले जि.पि काईरालाको तस्बिरमा माल्यापर्ण गर्दै मनायो ८ औ स्मृति दिवस

हेमराज भट्ट , अत्तरिया , चैत्र ०८ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस बुधवार देशैभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसकै अबसर परि कैलालीको अत्तरियामा पनि कार्यक्रम सम्पन्न भएको छ । नेपाली कागे्रश क्षेत्र नं ४ ले अत्तरिया स्थति आफ्नै कार्यालयमा जि.पि काईरालाको सम्झनामा काईरालाको तस्बिरमा माल्यापर्ण गर्दै दिवस मनाईएको छ । नेपाली कागे्रश क्षेत्र नं ४ का सभापति दिनेश राज जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  पुर्व राज्यमन्त्रि दिर्घराज भाट प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा सहभागी नेपाली कागे्रशसंग आस्थावान नेता तथा कार्यक्रताहरुले देशमा भैरहेको युद्ध ,झैझगडा ,अशान्ति वातावरणलाई हटाई शान्ति प्रकृयाका अभियान्ता गिरिराज कोईरालाले दिएको योगदानको प्रशंस गर्दै कोईरालाका तस्बिरमा माल्यार्पण गरेका थिए ।

 

 

 

कार्यक्रममा पुर्वसत्ता दलका नेता हिरादत्त भट्ट , नेपाली कागे्रश माहासमिति सदस्य पदमराज भट्ट , पुर्व क्षेत्रिय सचिब लोकराज पाण्डे आगो , केन्द्रिय प्रशिक्षक फणिन्द्र भन्डारी लगाएतले जि.पि कोईरालाले देशमा रक्तपातको अबस्थालाई शान्ति प्रक्रियामा ल्याई गरेका महान् कार्यलाई सबैले आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । उनिहरुले पार्टिभित्र देखिने अन्तरिक फुट र लडाइलाई मनैदेखी त्यागी ब्यतिmगत स्वर्थका लागी भन्दा पनि पार्टिको हितका लागी सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

क्षेत्रिय उपसभापति खेम साउदले स्वागत गर्नुभएको कार्यक्रमको संञ्चालन नेपाली कागे्रश गोदावरीनगर कमिटिका सचिब तेज खड्काले संञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली कागे्रशसंग आबद्ध सयौ ब्यतिmहरुको उपश्थिति रहेको थियो । कोइरालाको ८७ वर्षको उमेरमा २०६६ सालमा निधन भएको थियो । कोइरालाकै अगुवाइमा दोस्रो जनआन्दोलन भएको मानिन्छ ।

 

प्रतिकृया दिनुहोस

बाजुराको कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएन

बैशाख १० ,बाजुरा ।  बाजुराको कोल्टी बिमानस्थलमा  नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट

धनगढी चौराहामा रहेका घरहरुमा डोजर लगाएर खाली गराउन शुरु

बैशाख १० , धनगढी ।  अत्तरिया - मोहोना  ६ लेन सडक क्षेत्रका अतीक्रमित  संरचना भत्काउन सुचना जारी गरेको झन्डै ढेड बर्ष पछि  आज डोजर लगाएर सडक क्षेत्र

प्रदेश नं ७ को चालु आर्थिक बर्षको १ अर्व २ करोड ५ लाख बराबरको आंशिक बजेट आज संसद बैठकमा प्रस्तुत

धनगढी , बैशाख ०९ । प्रदेश नं ७ को चालु आर्थिक बर्षको आंशिक बजेट आज प्रस्तुत गरिएको छ । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बाहादुर