(एसईई)को पहिलो दिन आजको परिक्षा शान्तीपूर्ण रुपमा सम्पन्न

धनगढी,८ चैत,
माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा आजदेखि सुरु भएको छ ।आजको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रदेश नम्बर सातका केही जिल्लामा चिट चोराउने केही व्यक्ति पक्राउ परेपनि अन्य कुनै पनि अप्रिय घट्ना नभएको प्रहरीले जनाएको छ ।प्रदेश नम्बर सातमा एसईईमा परीक्षामा ५५ हजार ३ सय ३ जना विद्यार्थीहरु सहभागी भएका छन । 
साधारण विद्यालयका ५० हजार २ सय २१ र प्राबिधिक विद्यालयका ९ सय ९६ गरी ५१ हजार २ सय ७ जना विद्यार्थी नियमित तर्फ एसईईमा सहभागी भएका छन् । एक्जाम्टेड तर्फ ४ हजार ८६ विद्यार्थी सहभागी भएका छन् भने १ हजार ४९ विद्यालयमा अध्ययनरत विद्यार्थीले यस वर्षको एसईईमा सहभागिता जनाएका छन् ।कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले परीक्षा कैलालीमा  शान्तिपूर्ण रुमा सञ्चालन भएको बताए ।

देशभरबाट झन्डै  ४ लाख ८५ हजार  परीक्षार्थीले  १ हजार ९ सय ५६ केन्द्रबाट परिक्षा दिएका छन ।  

७७ जिल्लालाई चार क्लस्टर बनाएर फरक–फरक प्रश्नपत्र तयार गरिएका छन् । शिक्षा ऐनअनुसार कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले प्रदेशस्तरमा गर्नुपर्ने व्यवस्था भए पनि संरचना नहुँदा केन्द्रीकृत रूपमै गर्न लागिएको हो ।

पूर्व र पश्चिमलाई एक–एक तथा मध्यभागलाई दुई क्लस्टर बनाएर तयारी गर्न बोर्डले दिएको अख्तियारीअनुसार परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र तयार गरेको छ ।

 

प्रतिकृया दिनुहोस

त्रिविका सबै आंगिक क्याम्पस र कार्यालयमा विदा

काठमाण्डौ,बैशाख ६ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु बिहिवार बन्द रहेका छन । पूर्वरजिष्ट्रार निलकण्ठलाल

बिधार्थी भर्ना अभियानलाई सम्बोधन गर्दै मुख्य मन्त्री भट्टले भने - म पनि बिचैमा पढाई छोडेर भारतमा जागिरको लागी गएको थिए

बैशाख २ , गेटा ।  आजबाट देशभर बिधार्थी भर्ना अभियान शुरु भएको छ ।  यता कैलालीमा  अभियानको प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले गेटामा

गोदाबरी नगरपालीका अन्तर्गतका आधारभुततह कक्षा आठको बोर्ड परिक्षा शुरु

धुर्ब ओझा, अत्तरिया चैत १० । स्थानिय निकायको सरकार आएसंगै जिल्ला शिक्षा कार्यालयले संचालन गरिरहेको आधारभुततह कक्षा आठको परिक्षा यस बर्ष देखी स्थानिय