कञ्चनपुरको लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन उपराष्ट्रपतिको चासो

चैत्र ८,काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुरको दैजीमा रहेको लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन चासो व्यक्त गर्नुभएको छ ।

दोस्रो कार्यकालका लागि उपराष्ट्रपति निर्वाचित भएपछि आज बधाई तथा शुभकामना दिन गएको नेकपा माओवादी केन्द्र कञ्चनपुरको टोलीसँग कुराकानी गर्दै उपराष्ट्रपति पुनले लिङ्गा क्षेत्रको सुन्दरता टेलिभिजनमा देखेको स्मरण गर्नुभयो ।

‘लिङ्गा क्षेत्रमा रहेको भू–बनोट र स्वरुप मैले टेलिभिजनमा देखेको थिए, साह्रै सुन्दर लाग्यो,’ उहाँले भन्नुभयो, ‘त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके राम्रो हुन्छ ।’प्रत्यक्ष रुपमा लिङ्गा क्षेत्रमा नगएका उपराष्ट्रपति पुनले टेलिभिजनमा देखेकै आधारमा लिङ्गाको सुन्दरताबारे स्वस्फूर्त चासो व्यक्त गर्नुभएको थियो । उहाँले लिङ्गा क्षेत्रको अवलोकन गर्ने इच्छा समेत व्यक्त गर्नुभएको छ ।

बेदकोट नगरपालिकामा पर्ने लिङ्गालाई पछिल्लो समय स्थानीय अगुवाको पहलमा भगवान शिवको आस्थाको केन्द्रका रुपमा विकास गरिँदै लगिएको छ । चीनमा रहेको ‘रक गार्डेन’को अवलोकन गर्नुभएका उपराष्ट्रपति पुनले लिङ्गा क्षेत्रलाई पनि ‘रक गार्डेन’जस्तै पर्यटकीय क्षेत्र बनाउन सकिने सुझाव दिनुभयो । ‘रक गार्डेन’मा पर्यटक भित्र्याएर चीनले आर्थिक लाभ लिने गरेको उहाँले बताउनुभयो ।

लिङ्गाको मनमोहन दृश्यबाट प्रभावित भएर आन्तरिक पर्यटकहरू उक्त क्षेत्रमा जाने गरेका छन् । उपराष्ट्रपतिलाई भेट्ने टोलीमा रहेका नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ले लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन पहल भइरहेकोबारे उपराष्ट्रपति पुनलाई जानकारी गराउनुभयो । ‘लिङ्गा क्षेत्रको प्रचारप्रसार र पर्यटन विकासका लागि सम्माननीय ज्यूको भ्रमणको कार्यक्रम चाँडै बनाएर खबर गर्छाै,’ उहाँले भन्नुभयो ।लिङ्गा क्षेत्रको विकासका लागि बेदकोट नगरपालिकाले समेत प्रयास गरिरहेको उहाँले उपराष्ट्रपति पुनलाई बताउनुभयो ।

लिङ्गाको विषयमा यसअघि आफूले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समेत जिज्ञासा राखेको उपराष्ट्रपति पुनले जानकारी दिनुभयो । डडेल्धुराको जोगबुढास्थित पुन्तुरामा पनि लिङ्गाजस्तै मनमोहक भू–बनोट रहेको टोलीले जानकारी गराएको थियो ।उपराष्ट्रपति पुनलाई बधाई दिने टोलीमा राष्ट्रियसभा सदस्य महेशकुमार महरा, नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीरबहादुर थापा ‘पातल’, माओवादी केन्द्र कञ्चनपुरका पूर्वसचिव खेम पाण्डेय लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गएको प्रति ७ नं प्रदेशका सरोकारवालाद्धारा चिन्ता व्यक्त

कैलाली , साउन २८ । मुलुकमा दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गइरहेको प्रति प्रदेश ७ का सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फाया नेपालले आयोजना

कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित

धनगढी , साउन २० । कैलालीमा भेटनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गर्न माग गर्दै किसान आन्दोलित भएका छन् । किसानहरूले आज धनगढीमा विरोध

प्रदेश ७ मा छिट्टै नेपाल पर्यटन बोर्डको अफिस स्थापना गरी आन्तरिक पर्यटनलाई भित्र्याउने गृहकार्य थलानी गर्दैछौं - पर्यटनमन्त्री रबिन्द्र अधिकारी

धनगढी ,असार ३१ ।  संघिय सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रदेश नम्बर ७ को पर्यटन बिकासको लागि पर्यटन उद्यम मैत्री वातावरण सृजना गरिरहेको