गोदाबरी नगरपालीका अन्तर्गतका आधारभुततह कक्षा आठको बोर्ड परिक्षा शुरु

धुर्ब ओझा, अत्तरिया चैत १० ।
स्थानिय निकायको सरकार आएसंगै जिल्ला शिक्षा कार्यालयले संचालन गरिरहेको आधारभुततह कक्षा आठको परिक्षा यस बर्ष देखी स्थानिय तहहरुले संचालन गरेको छ । कैलालीको गोदाबरी नगरपालीकामा आधारभुततह अन्तर्गतको कक्षा आठको बोर्ड परिक्षा शुक्रवारबाट शुरु भएको छ । नगरपालीका भित्ररहेका सस्ंथागत बिद्यालयबाट ८ सय २४ र सामुदायिक बिद्यालयबाट १ हजार ७ सय २० गरि २ हजार ५ सय ४४ जना परिक्षार्थीले परिक्षा फर्म भरेको शिक्षा शाखाका बिद्यालय निरिक्षक कमल बहादुर बमले बताए । फर्म भरेका २ हजार ५ सय ४४ जना परिक्षार्थीमध्ये १० जनाको अनुपस्थिीती रहेको उनले जानकारी दिए । परिक्षाका लागी १२ ओटा परिक्षा केन्द्रहरु तोकिएका छन । बमका अनुसार सबैभन्दा बढी परिक्षार्थी दुर्गालक्ष्मी नि.मा.बि स्रोत केन्द्रमा ३ सय ९६ र सबैभन्दा कम ग्वालेक आधारभुत बिद्यालय बन्दगडामा ६० जना परिक्षार्थी रहेका छन । त्यस्तै परिक्षाका लागी १२ जना केन्द्राध्यक्ष, १३ जना सहायक केन्द्राध्यक्ष, ६० जना निरिक्षक गरी ८५ जना जनशक्ती खटाईएको निरिक्षक बमले बताए । गोदाबरी नगरपालीका अन्तर्गत मालाखेती श्र्रोत केन्द्र र श्रीपुर गेटा श्र्रोत केन्द्र रहेका छन । पहिले जिल्ला शिक्षा कार्यालयबाट संचालन हुदै आएको परिक्षा अहिले स्थानिय तहहरुले संचालन गरेपछी कैलालीका धेरै जसो स्थानिय तहहरुमा परिक्षा सम्पन्न भईसकेको र केही स्थानिय तहहरुमा शुक्रवारबाट परिक्षा शुरुभएको बिद्यालय निरिक्षक कमल बहादुर बमले बताए । परिक्षा दिउँसो १ बजेबाट शूरुभएको हो । परिक्षाको पहिलो दिन शुक्रवार अनिवार्य अंग्रेजी बिषयको परिक्षा सम्पन्न भएको छ भने यही चैत १९ गते सम्म परिक्षा संचालन हुने निरिक्षक बमले बताए ।

 

प्रतिकृया दिनुहोस

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस बनेपछि शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा

अत्तरिया ,साउन १ ।  अत्तरिया क्षेत्रको ठुलो दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस  बनेपछि आज उदघाटन

शिक्षा क्षेत्रमा सरकारको ठुलो लगानी भएपनी परिणाम आउन सकेको छैन - मुख्यमन्त्री त्रिलोचन भट्ट (भिडियो)

अत्तरिया ,साउन १ ।  मुख्यमन्त्री  त्रिलोचन भट्टले शिक्षा क्षेत्रमा सरकारको ठुलो लगानी भएपनी परिणाम आउन नसकेको बताएका  छन्  । आज अत्तरियामा

अत्तरिया सामुदायिक अध्यन  केन्द्रको शनिबार हुने भनिएको साधारण सभा स्थगित

अत्तरिया ,असार २२ ।  अत्तरिया सामुदायिक अध्यन  केन्द्रको शनिबार हुने साधारण सभा स्थगित भएको छ   । संस्थकी आजिबन सदस्य धर्मी खड्का लगाएत केहि