प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगका विरामी रहेको एक तथ्याङ्क सार्बजनिक

धुर्ब ओझा,अत्तरिया चैत ११ ।
विश्व क्षयरोग दिवस प्रदेश नम्बर ७ लगायत देशैभर शनिवार मनाईएको छ । दिवसको अवसमा कैलालीको गोदाबरी नगरपालीका वडा नम्बर ५ स्थिीत गेटा स्वास्थ्य चौकीमा एक दिने अन्तरक्रिया कार्यक्रम मनाईएको छ । सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता भन्ने नाराका साथ जिल्ला जनस्वास्थ्य कार्यालय तथा क्षेत्रिय स्वास्थ्य निर्देशनालयको आयोजनामा कार्यक्रम मनाईएको छ । वडा नम्बर ५ का वडाअध्यक्ष कर्ण सिं बोहराको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ र २ का महिला स्वास्थ्य स्वयमसेबीका, अहेब लगायतको उपस्थिीती रहेको थियो । त्यस्तै कार्यक्रमको सहजीकरण क्षेत्रिय स्वास्थ्य निर्देशनालय डोटीका क्षय कुष्ठ सुपरभाईजर मनोज प्रसाद ओझाले गरेका थिए । कार्यक्रममा ओझाले प्रदेश नम्बर ७ को कैलाली कञ्चनपुरमा सबैभन्दा बढी क्षयरोगका विरामी फेलापरेको बताए । आर्थिक वर्ष २०७३÷७४ मा यस प्रदेशमा ३ हजार ७१ क्षयरोगीका विरामी रहेकोमा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम बाजुरामा रहेको उनले बताए । त्यस्तै यस प्रदेशमा ३ हजार ७१ क्षयरोगीका विरामी मध्ये १ हजार २७ जना महिला रहेका छन । उनका अनुसार गत आर्थिक वर्षमा कैलालीमा १ हजार २ सय १ र कञ्चनपुरमा ८ सय ७१ गरि २ हजार ७२ जना क्षयरोगीका विरामी रहेका छन । आर्थिक वर्ष २०७३÷७४ मा डोटीमा १ सय ८५, अछाममा १ सय ८३, बैतडीमा १ सय ६३, बझाङमा १ सय ३३, बाजुरामा १ सय ७, डडेल्धुरामा १ सय १६ र दार्चुलामा १ सय १२ जना क्षयरोगका विरामी रहेका क्षय कुष्ठ सुपरभाईजर मनोज प्रसाद ओझाले बताए । सिनियर अहेब जय कला रावलले स्वागत मन्तब्य दिएकी थिईन भने कार्यक्रमको संचालन जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका क्षय कुष्ठ सुपरभाईजर दिपेन्द्र जोशीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिए

बैतडी,चैत्र ९ । बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको

भिटामिन ए र जुकाको औषधि आज पनि खुवाइँदै

चैत्र ७ । बिहिवार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज शुक्रवार पनि औषधि खुवाइँदैछ । बालबालिकालाई पायक पर्ने ठाउँमा गएर भिटामिन ए र

भिटामिन ए र जुकाको औषधि खुवाइदै

बैशाख,६ । देशैभर रहेका पाच वर्ष मुनिका बालबालिकालाई सरकारले बिहिवार भिटामिन ए र जुकाको औषधि खुवाउदैछ । एकवर्ष देखि पाच वर्षसम्मका बालबालिकालाई