७ नम्बर प्रदेशमा ढुक्कले लगानी गरेर उधोग खोल्ने कुरामा अब कुनै बहाना नबनाउन निजी क्षेत्रका ब्यबसायीहरुलाई पूर्व मन्त्री भट्टको आग्रह

चैत्र ११ ,धनगढी 
पूर्व मन्त्री लेखराज भट्टले नितिगत रुपमा सिंहदरबार गाउँ गाउँमा आएको भएपनी ब्यबहारिक रुपमा जनताले यसको अनुभुती गर्न नपाएको बताउनु भएको छ ।

शनिवार धनगढीमा नेपाल उधोग बाणिज्य माहासंघ, उधोग बाणिज्य माहासंघ प्रदेश नं ७ , नेपाल आर्थीक पत्रकार समाज  र नया पत्रिका दैनिकले संयुक्त रुपमा आयोजना गरेको "प्रादेशिक आर्थिक बहस" कार्यक्रममा बाल्दै उनले सो कुरा बताएका हुन  ।

उनले बाम गठनन्धनको सरकार प्रती जनताको ठुलो भरौसा रहेकोले अब बिकासको गतिलाई कसैले रोक्न नसक्ने बताए ।

"संबिधानमा नै हामीले समाजबाद उन्मुख भनेका छौ", भट्टले भने -"गठबन्धनको सरकारले जनपक्षिय काम गरेर बस्तुगत रुपमा नै समाजबाद प्राप्तीको बाटोमा लाग्नु पर्छ" । संघिय संसदका सांसद समेत रहेका नेता भट्टले सात नम्बर प्रदेशमा निजी क्षेत्रको लगानी आउन अब कुनै बहाना हुनु नपर्ने धारणा राखे ।

भट्टले भने - "सात नम्बर प्रदेशमा अब ढुक्कले लागानी लगाएर ब्यापार गर्नुहोस् त्यसका लागी प्रदेश सरकारले के के सहयोग गर्नु पर्छ त्यसको खाका पनि ल्याउनुहोस्" । सात नम्बर प्रदेश समृद्ध नभए सम्म देश आर्थिक रुपमा समृद्ध हुन नसक्ने भट्टको भनाई रहेको छ ।

उनले यस क्षेत्रका ठुला योजना माहाकाली लोकमार्ग , सेती लोकमार्ग , दिपायल -खुटिया ताक्लाकोट फाष्टट्र्याक लाई समय मै निर्माण गर्न सके बिकासले गती लिने उनको भानाई रहेको छ । 
 

प्रतिकृया दिनुहोस

आर्थिक समृद्धि र शुखी नेपालीको नारा पुरा गर्न लगानी बढाउनु पर्नेमा पूर्वमन्त्री भट्टको जोड

अत्तरिया, कार्तिक २८ ।  पूर्वमन्त्री लेखराज भट्टले अत्तरिया प्रदेशको केन्द्र भएकाले ब्यबसायीहरुलाई लगानी बढाउन आग्रह गर्नु भएको छ । आज अत्तरियामा

अत्तरियामा यमाहा मोटरबाईकको शो-रुम सन्चालनमा

    अत्तरिया,कार्तिक २८ ।  अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो शो-रुमको सेवा आरम्भ गरेको छ । अत्याधुनिक शो रुमको आज एक कार्यक्रमका बिच

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक