अर्थ मन्त्री बोहोराद्वारा ब्यबसायी र शिक्षाबिदहरु सँग बजेटका बारेमा छलफल

चैत्र ११ , धनगढी । 
बजेट ल्याउनु पूर्व छलफलमा जुटेका प्रदेश नम्बर सातका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आज पनि छलफल गरेका छन ।

उनले आज केही  उद्योगी व्यवसायी र शिक्षा क्षेत्र का व्याक्तीहरु संग बजेटका बारेमा  छलफल गरेका हुन  ।

छलफलमा सहभागीहरुले  प्रदेश ७ को अब आउने बजेट जनमुखी हुनुपर्नेमा जोड दिए ।  

शिक्षा क्षेत्र का अगुवा  शिवहरी मुडभरीले प्रदेश सरकारले ‘लङ रन भिजन’ तयार गरेर प्रदेशलाई समृद्धि तिर लैजान सक्ने बजेट ल्याउनु पर्ने सुझाब दिए ।

उद्योगी एब राजनितीकर्मी  गोपाल हमालले  सरकारले प्रदेशको आर्थिक विकास गर्न वर्षमा ३ बाली उत्पादनलाई  प्रमोट गर्न र एग्रो फोरेष्टी तिर जोड दिनु पर्ने बताए  । उनले सात नम्बर  प्रदेशका ८८ वटा  स्थानिय निकायमा एक एक उत्पादन क्षेत्र घोषणा गरी काम गर्न अर्थमन्त्रीलाई सुझाए  ।

यस्तै कैलाली क्याम्पस का प्राध्यापक श्यामराज जोशीले प्रदेशको समृद्धि कृषि, पर्यटन र जलविद्युतबाट हुने भएककोले ति क्षेत्रमा  लगानी गर्ने व्यवसायी लाई प्रदेश सरकारले सबसिटी दिन सुझाव दिए । स्टेपिङ्ग स्टोनका संञ्चालक रामजी हमालले प्रदेश सरकारले तत्काल चाईनाको केरुङ्ग नाका खोली प्रदेशलाई चीनसंग व्यापारिक सम्बन्ध जोड्नु पर्ने बताए ।

उद्योगी ओमप्रकाश अग्रवालले औद्योगिक क्षेत्र घोषणा गरी लगानी भित्र्याउनु परर्ने  र गौरिफन्टा नाकालाई तत्काल अन्तर्रााष्ट्रिय नाका घोषणा र स्तर उन्नति गर्न जोड दिए ।

छलफलमा मन्त्री बोहराले सरकार जनतालाई सक्दो राहत दिन कटिबद्ध रहेको बताए । प्रदेश  सरकाले चैत्र ३० भित्र झण्डै १ अरब बढीको बजेट  ल्याउने तयारी गरेको छ ।  

प्रतिकृया दिनुहोस

अत्तरिया उधोग बाणिज्य संघमा प्रजातान्त्रिक ब्यबसायीहरुको नेत्रित्व गर्दै देबकोटाको टिम सार्बजनिक( भिडियो सहित )

अत्तरिया ,असोज ५ ।  आगामी १२ गते हुने अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी दुई प्यानल चुनाबी मैदानमा होमिएका छन् । कार्यसमितीका

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी टिकाराम आचार्य नेत्रित्वको टिम सार्बजनिक

अत्तरिया , असोज ४ ।  अत्तरिया उधोग बाणिज्य संघको आगामी असोज १२ गते हुने अधिबेशनबाट चयन हुने नयाँ नेत्रित्वको लागी  सहमती नभएपछि दुई प्यानलका बिच

अत्तरिया उधोग बाणिज्य संघको नयाँ नेत्रित्वको लागी कसरत शुरु ,आगामी असोज १२ गते साधारण सभा हुने

अत्तरिया ,भाद्र ३० ।  अत्तरिया उधोग बाणीज्य संघको  साधारण सभा आगामी असोज १२ गते हुने भएको छ । बर्तमान कार्यसमितीको तीन महिना थपिएको कार्यकाल पनि