लम्कीमा झन्डै ४ करोडको लगानीमा जडिबुटी प्रशोधन केन्द्र स्थापना हुने

चैत्र ११ ,लम्की । 
लम्कीचुहा नगरपालीका–८ गोप्कामा  जडिबुटी प्रशोधन केन्द्र स्थापना हुने भएको  छ ।

झन्डै  ४ करोडको लगानीमा २०७५ साउन महिना भित्र सञ्चालनमा आउने गरी सगरमाथा प्रशोधन केन्द्रले  निर्माण सुरु गरीएको हो ।

केन्द्रको अाईतबार एक कार्यक्रमका बिच उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले  शिलान्यास गरेका छन् ।

प्रसोधन उधोगले  प्रदेश ७ का सबै  जिल्लामा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको संचालकहरुले जनाएका छन  ।

 उपाध्यक्ष ढकालले सात नम्बर प्रदेश सम्भाबना भएको प्रदेश भएकोले लगानी मैत्री बाताबरण बनाउनु पर्नेमा जोड दिए ।

उनले भने- ठुला उद्योग सञ्चालनमा ल्याउन सके यहाँको आर्थिक विकासले फड्को मार्ने छ  ।

 उद्योगपति सुर्यबहादुर थापा, खडानन्द सापकोटा र जयलाल कोईरालाको संयुक्त लगानीमा उद्योग निर्माण गर्न लागिएको हो।

यसै बिच ढकाल नेत्रित्वको टोलीले राजकाणामा केबुलकार सन्चालनको लागी सम्भाब्य अध्यनको लागी स्थानिय सरोकारवाला सँग छलफल समेत गरेको छ ।     

प्रतिकृया दिनुहोस

प्रदेश नम्बर सातको पहिलो झन्डै १ अरब २ करोड ५ लाखको आँशिक बजेट भोली आउने

बैशाख ८ ,धनगढी ।  प्रदेश नम्बर सातको पहिलो आँशिक बजेट भोली आउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले संसदमा  दिउसो ३ बजे प्रस्तुत

प्रदेश नम्बर ७ मा बजेट ल्याउने अन्तिम तयारी

बैशाख ३ , धनगढी ।  ७ नम्बर प्रदेशको आंशिक बजेट यसै हप्ता आउने भएको छ।  प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आशिंक बजेटको अन्तिम

आर्थिक मामिला मन्त्री झपट बोहोरा गृह जिल्ला अछाम पुगेर बजेटको बारेमा सुझाब माग्दै

चैत्र १३ ,अछाम।  गृह जिल्ला अछाम पुग्नु भएका अार्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुखहरु संग भेटघाट गरेका