बजेटका बारेमा अर्थ मन्त्रीद्वारा बिभिन्न क्षेत्र सँग ब्यक्तीहरु सँग छलफल

चैत्र १२, धनगढी ।  
अार्थिक मामिला तथा योजना  मन्त्री झपट बोहराले अाज नेकपा एमाले र राजपा का प्रदेश सांसदहरू संग  बजेटको  बारे छलफल गरेका छन। 


प्रदेश सरकारले ल्याउने अांशिक बजेटलाई जनमैत्री र उपलब्ध मुलक बनाउने उदेश्य ले मन्त्री बोहराले प्रदेशका सबै सांसदहरू संग बजेट बारे छलफल गरेका हुन  ।

शनिबार माअोवादी केन्द्र र कांग्रेस का सांसदहरू संग छलफल गरेका  मन्त्री बोहराले अाईतवार भने उद्योगी व्यवसायी र शिक्षाविद् हरु संग बजेटका बारेमा सुझाब मागेका थिए ।

मन्त्री बोहराले बजेटलाई कसरी जनमुखी र प्रभाबकारी बनाउन  छलफल गरेको उनका प्रेस सहयोगी भरत बोहोराले जानकारी दिए ।

बजेट भुगोल र जनसंख्या लाई मध्यनजर गर्दै  तत्काल जनतालाई राहत महसुस हुने गरी  बजेट ल्याउन अाफु लागि परेको मन्त्री बोहराले बताए ।

चैत्र महिना भित्र ल्याईने बजेटको अाकार भने १ सय २ करोड पाच लाखको रहने अर्थ मन्त्रालयले जनाएको छ  ।

प्रतिकृया दिनुहोस

प्रदेश नम्बर सातको पहिलो झन्डै १ अरब २ करोड ५ लाखको आँशिक बजेट भोली आउने

बैशाख ८ ,धनगढी ।  प्रदेश नम्बर सातको पहिलो आँशिक बजेट भोली आउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले संसदमा  दिउसो ३ बजे प्रस्तुत

प्रदेश नम्बर ७ मा बजेट ल्याउने अन्तिम तयारी

बैशाख ३ , धनगढी ।  ७ नम्बर प्रदेशको आंशिक बजेट यसै हप्ता आउने भएको छ।  प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आशिंक बजेटको अन्तिम

आर्थिक मामिला मन्त्री झपट बोहोरा गृह जिल्ला अछाम पुगेर बजेटको बारेमा सुझाब माग्दै

चैत्र १३ ,अछाम।  गृह जिल्ला अछाम पुग्नु भएका अार्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुखहरु संग भेटघाट गरेका