आर्थिक मामिला मन्त्री झपट बोहोरा गृह जिल्ला अछाम पुगेर बजेटको बारेमा सुझाब माग्दै

चैत्र १३ ,अछाम। 
गृह जिल्ला अछाम पुग्नु भएका अार्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जिल्ला स्थित सम्पूर्ण कार्यालय प्रमुखहरु संग भेटघाट गरेका छन ।

मन्त्री भएपछी  दोस्रो पटक जिल्ला पुगेका मन्त्री बोहरालाई बान्नीगढी गाउँपलिका  र मंगलसैन नगरपालिकाले  स्वागत गरेको थियो ।

कार्यालय प्रमुख हरुले जिल्ला को प्रशासनिक,भौगोलीक,सामाजिक,शैक्षिक,स्वास्थ्य लगाएतका विययमा मन्त्री बोहोरालाई जानकारी गराएका  थिए ।

कार्यालय प्रमुखहरुलाइ सम्बोधन गर्दै मन्त्री बोहराले सबै कर्मचारीहरुलाई उच्च मनोवलका ,नैतिकता र सेवाग्राहीमुखी भएर जनताको सेवामा लाग्न निर्देशन  दिनुभएको छ ।

बोहोराले  कर्मचारीहरु भनेको स्थायी  सरकार भएकोले  सरकारको नीति कार्यक्रम हरु स्थानीय स्तर सम्म कार्यान्वयन गर्ने कर्मचारीहरु नै भएकोले कर्मचारी देशको चौथो सरकार रहेको बताए ।

मन्त्री बोहराले अाफु प्रदेश सरकारको अांशिक बजेट ल्याउन लागेको हुँदा  अाफुले  सबै क्षेत्र का ब्यक्तीहरु संग छलफल मा जुटेको बताए । प्रदेश सरकारले ल्याउने बजेटमा जतिसक्दो जनताको सहभागी र अपन्वत्व हुने खालका कार्यक्रम ल्याउन स्थानीय तह सम्म छलफल मा जुटेका उनको भनाई रहेको छ ।  

प्रतिकृया दिनुहोस

प्रदेश सातको गौरबको रुपमा लोवर चमेलिया जलबिधुत आयोजनालाई प्रदेश सरकारले बनाउने तयारी - अर्थमन्त्री झपट बोहोरा ( भिडियो )

धनगढी ,साउन ८ ।  प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले सरकारले प्रदेश सरकारले  बस सन्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।"गत आर्थिक बर्षको

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा