२२ सार्वजनिक बिदा कटौती हुँदै : शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा

चैत्र १५ ,काठमाण्डौ । 

सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।

यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।

गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको उक्त प्रस्तावअनुसार आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिने बिदा कटौती गरेको छ ।

त्यस्तै, हरेक वर्ष माघ १६ गते सहिद दिवसका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गर्ने प्रस्तावमा छ । गृहको प्रस्ताव आज (बुधबार) बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि लागू हुनेछ ।

कार्यालय खुल्ने र बन्द हुने समय
सरकारी कार्यालयहरू १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् । यसैगरी, १६ कात्तिकदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।

कटौती प्रस्ताव गरिएका बिदा

दिवस :  गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस

चाड : घटस्थापना, द्वादशी  र कोजाग्रत पूर्णिमा

जयन्ती :  रामनवमी र श्रीकृष्ण जन्माष्टमी

पर्व : जनैपूर्णिमा, ऋषिपञ्चमी (महिला कर्मचारीका लागि मात्र)

नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन ।

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

काठमाण्डौ,फागुन ३ ।  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी संघीय संसदमा दर्ता

सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई

काठमाण्डौ , माघ २९ । संघिय सरकारले सार्वजनिक क्षेत्रको सरसफाइको जिम्मा स्थानीय तहलाई नै दिने गरी ‘नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी

कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु

अत्तरिया,माघ २४ ।  कैलालीमा बिहीवार बिहानै देखी बर्षा शुरु भएको छ । पानी परे सँगै चिसो पनि बढेको छ ।  पश्चिमी  वायुको प्रभावका कारण  देशका विभिन्न