काङ्रेसको प्रदेश बिधान पारीत

माघ २६ ,काठमाडौ 

नेपाली काँग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काँग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित थिए। 

प्रतिकृया दिनुहोस

BREAKING: जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किए

जुम्ला ,साउन ३ ।  २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन्। उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकप्टर आज  बिहान

देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना

अत्तरिया ,साउन ३ ।  आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

अत्तरिया , असार २९ । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानु जयन्तीको अवसरमा देशका बिभिन्न ठाउ