आगामी वर्षको खर्च र आम्दानीमा ३ खर्ब कमी हुन सक्ने

माघ २६ ,काठमाण्डौ 

आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनुपर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । तर, हालै बसेको स्रोत समितिको बैठकले सवा १२ खर्बको हाराहारीमा मात्रै स्रोत संकलन गर्न सकिने अनुमान गरेको छ ।आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत चालू आर्थिक वर्षको बजेटभन्दा पनि कम हो । चालू आवमा १२ खर्ब ७८ अर्ब स्रोत जुट्ने भन्दै सोही आकारको बजेट सार्वजनिक गरिएको थियो ।प्रारम्भिक रूपमा स्रोतको समीक्षा गर्दा आगामी बजेटअनुरूप कम नै हुने देखिएको अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए । प्रदेशको विभाज्य कोषमा जाने राजस्वको हिस्साबाहेक करिब सवा १२ अर्बजति स्रोत जुट्ने प्रारम्भिक अनुमान गरिएको जानकारी उनले दिए ।‘बजेटको स्रोतमा निश्चय पनि दबाब छ । यद्यपि, संघीय संरचनामा कुन–कुन निकाय रहने, कसरी रहने र कति कामहरू तल्ला तहमा जाने भन्ने कुराको यकिन भएपछि मात्रै संघीय बजेट कत्रो हुने टुंगो लाग्छ,’ उनले भने ।केन्द्रमा कति निकाय रहने र कति तल जाने भन्ने विषयको टुंगो नलागेका कारण स्रोत समितिले मन्त्रालयहरूलाई बजेटको सीमासमेत दिन नसकेको उनले बताए । संघीय र तल्ला तहका कार्यालय र काममा दोहोरोपन आयो भने बजेटले धान्न नसक्ने भन्दै उनले पहिला त्यो विषय मिलाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

एघार बर्ष पछी चमेलिया को सपना पुरा

माघ २७ , दार्चुला  निर्माण कार्य सूरु भएको एघार वर्ष पछि दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका १ बलाँचमा रहेको ३० मेघावाट क्षमताको चमेलीया

अर्थमन्त्री र एमाले नेता रावलबीच पाखुरा सुर्कासुर्की

  काठमाडौं ,माघ २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम

सरकारले कर उठाउँछ, खर्च अन्यत्रै गर्छ

काठमाडौं , माघ १६  । सरकारले चालू आर्थिक वर्ष ०७४र७५ को पहिलो ६ महिनामा मात्रै पेट्रोलियम पदार्थबाट ४० करोड रुपैयाँ प्रदुषण शुल्क असुल गरेको छ । आयल