नेपाल १३८ रनमै अलआउट

 


२६ माघ, काठमाडौं ।
विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गर्न सकेन । मात्र १० रन जोड्दा पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल मात्र ७ रनमा आउट भए । दिलिप नाथ र पारस खड्काले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरे । दिलिप नाथ १९ रनमा आउट भए । नेपालले थप १५ रन जोड्दा अर्का विकेट गुमायो । आरिफ शेख मात्र ६ रनमा पभेलियन फर्किए । नेपालको स्कोरमा थप ३ रन थपिँदा कप्तान पारस व्यक्तिगत १७ रनमा आउट हुन पुगे । शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि ३६ रनको साझेदारी गरे । ऐरी २० रनमा आउट भए । बिहीबार नामिबियाविरुद्ध नेपाललाई रोमाञ्चक जित दिलाएका बसन्त रेग्मी मात्र १ रनमा पभेलियन फर्किए । त्यसपछि लगातार विकेट गुमाएको नेपालले ४५।६ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । शरभ भेषावकरले २२ रन बनाए भने सोमपाल कामीले १७ र रोहितकुमार पौडेलले १४ रन जोडे । करढढा केसी ४ रनमा आउट भए । नेपाललाई सस्तैमा अलआउट गर्ने क्रममा खलिमउल्लाह एक्लैले चार विकेट लिएका छन् ।

 

प्रतिकृया दिनुहोस

नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि

धनगढी,माघ ५ ।   नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको

नेपाल पुलिस क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा

धनगढी,माघ ३ ।  नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा खेल

रुस्लान थ्री स्टार क्लब सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी,माघ २ ।  रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तराष्ट्रिय