डीपीएल २ क्रिकेटः विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स भिड्दै

चैत्र २३, धनगढी ।
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत शुक्रबार विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच खेल भइरहेको छ ।

प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा भइरहेको खेलमा विराटनगर किंग्सले टस जितेर व्याटिङ गरिरहेको छ । शुक्रबारको खेललाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीचको प्रतिस्पर्धाका रुपमा समेत दिईएको छ । खड्का बिराटनगर र मल्ल काठमाडौंका कप्तान हुन् ।

शुक्रबारको खेलमा विजयी भए काठमाडौंले प्लेअफमा स्थान पक्का गर्नेछ । काठमाडौं विजयी भए अघिल्लो चरणमा स्थान सुरक्षित गर्नेछ ।

तीन खेलमा सतप्रतिशत नतिजा निकाल्दै काठमाडौं ६ अंकमा शीर्ष स्थानमा छ भने बिराटनगर चार अंकमा तेस्रो स्थानमा छ । समान चार अंक भएपनि रन रेटका आधारमा महेन्द्रनगर युनाईटेड दोस्रो र धनगढी टिम चौराहा चौथो स्थानमा छ ।

 

प्रतिकृया दिनुहोस

वेल्जियमलाई हराउँदै फ्रान्स १२ बर्षपछि विश्वकप फुटबलको फाइनल प्रवेश

काठमान्डौ , असार २७ । वेल्जियमलाई १ – ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।  चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम गएराति

गौरीशंकर क्रिकेट कपको उपाधिमाथि आयोजककै टिम ए ले कब्जा जमायो

अत्तरिया , असार ०२ । गोदावरी नगरपालिका वडा नं २ मा सम्पन्न गौरीशंकर क्रिकेट कपको फाईनल खेलमा आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए उपाधि जित्न सफल

विश्वकप फुटवल देखाउन कुनै शुल्क लगाउन नपाईने कैलाली प्रशाशनको शर्त

अत्तरिया ,असार १ ।   जेठ ३१ गते देखी शुरु भएको  २१ औँ विश्वकप फुटवलका विभिन्न चरणका खेलहरु आ -आफ्नो परिसरमा मात्र सन्चालन गर्न जिल्ला प्रशाशन