बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने बिडिसिए कप क्रिकेटको खेलतालिका सार्वजनिक

बैतडी , चैत्र २४ ।
यही चैत २५ गतेदेखि बैतडीमा सञ्चालन हुन लागेको बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलतालिका शुक्रवार सार्वजनिक गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने जनाएको छ ।

१६ टोली सहभागी रहेको प्रतियोगिता ४ समूहमा विभाजन गरिएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । समूह “ए”मा यौंगस्टार क्रिकेट क्लव, पाटन स्टार क्रिकेट क्लव, असिम केदार क्रिकेट क्लव र महामाया क्रिकेट क्लव रहेका छन् । समूह “बी”मा निंगलाशैनी क्रिकेट क्लव, ग्वाल्लेक क्रिकेट क्लव, खोडपे क्रिकेट क्लव र केदारशक्ति क्रिकेट क्लव रहेका छन् । जेएवाईसी, दशरथचन्द प्रतिष्ठान, केदार नागार्जुन क्रिकेट क्लव र कालाशैनी क्रिकेट क्लव समूह “सी”मा रहेका छन् भने समूह “डी”मा पञ्चकोटी क्रिकेट क्लव,त्रिपुरा क्रिकेट क्लव,त्रिलोचन क्रिकेट क्लव र कैलपाल क्रिकेट क्लव रहेका छन् ।

चैत २५ गते निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने पहिलो खेलमा निंगलाशैनी क्रिकेट क्लव र ग्वाल्लेक क्रिकेट क्लव भिड्दा बुड्डाबाजे खेलमैदान रातामाटामा पञ्चकोटी क्रिकेट क्लव र त्रिलोचन क्रिकेट क्वल आमनेसामने हुने भएका छन् । बैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुनै खेल कारणबस अवरुद्ध भएको खण्डमा दुवै टोलीलाई समान १÷१ अंक दिईने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार नगद,ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । बिडीसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वाश गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७ औं संस्करण हो ।

 

प्रतिकृया दिनुहोस

वेल्जियमलाई हराउँदै फ्रान्स १२ बर्षपछि विश्वकप फुटबलको फाइनल प्रवेश

काठमान्डौ , असार २७ । वेल्जियमलाई १ – ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।  चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम गएराति

गौरीशंकर क्रिकेट कपको उपाधिमाथि आयोजककै टिम ए ले कब्जा जमायो

अत्तरिया , असार ०२ । गोदावरी नगरपालिका वडा नं २ मा सम्पन्न गौरीशंकर क्रिकेट कपको फाईनल खेलमा आयोजक गौरीशंकर टोल सुधार समितिको टिम ए उपाधि जित्न सफल

विश्वकप फुटवल देखाउन कुनै शुल्क लगाउन नपाईने कैलाली प्रशाशनको शर्त

अत्तरिया ,असार १ ।   जेठ ३१ गते देखी शुरु भएको  २१ औँ विश्वकप फुटवलका विभिन्न चरणका खेलहरु आ -आफ्नो परिसरमा मात्र सन्चालन गर्न जिल्ला प्रशाशन