बिदेशमा पहिलो पटक देउडा गितको छायाँकन

रमेश भट्टराई,दुबर्ई  
देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गित कम्मर लड्काई लड्काई नयाँ वर्षमा बजारमा आउने भएको छ । पहिलो गित दुवईको लाहुर्याको सफलता पछि अधिकारीको दोस्रो गित बजारमा आउन लागेको हो ।

अधिकारीको आफ्नै शब्द र राजेन्द्र शाह बिपीको लय रहेको यस गितमा चर्चित गायक तथा संगितकार बिनोद बाजुरेली र स्मृति शाहीको स्वर रहेको छ । बैशाख १ गते बजारमा आउन लागेको यस गितको म्युजिक भिडियोको छायाँकन दुबईमा गरिएको छ । बिदेशमा पहिलो पटक देउडा खेल सहित म्युजिक भिडियो छायाँकन गरिएको यो पहिलो देउडा गित हो ।

सागर परियार तथा लोकराज पाण्डेयको छायाँकन अनि सागर बोहराको निर्देशन रहेको म्युजिक भिडियोमा लक्ष्मण अधिकारी र बिमला महरा गुड्डीको मुख्य अभिनय रहेको छ । सुप समाज युएई तथा प्रवासमा रहेका सुदुरपश्चिमेलीहरुको देउडा संस्कृति प्रतिको लगावको उपज यस गितको म्युजिक भिडियो बिदेशी भुमीमा संम्भव भएको अधिकारीको भनाई छ । बिगत ८ वर्ष देखि दुबईमा कार्यरत सर्जक अधिकारी नेपालका पुर्व अन्तराष्टिय कबड्डी खेलाडि पनि हुन ।

 

प्रतिकृया दिनुहोस

चक्र बमको “मेरि माया पटपटानी” सार्बजनिक (भिडियो सहित)

अत्तरिया ,असार २ ।  पछिल्लो केही बर्ष यता नेपाली गीत सङितको क्षेत्रमा चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरि माया पटपटानी” को म्युजिक

12 AM a Reminder Film को च्यारेटी शो यही जेठ २६ गते हुने

  जेठ १७, अत्तरिया ।   सुदुरपश्चिमका केही  युवाहरु मिलेर सानो पर्दाको नेपाली कथानक चलचित्र निर्माण गरेका छन् । ज्ञद्द ब्ः  ब्

गायक कलौनीको गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक

बैशाख २० , अत्तरिया ।  लामो समय देखि गीत संगितमा  संघर्ष गरिरहेका वेदकोट न.पा. , भासीका गायक नवराज कलौनीले आफ्नो पहिलो गीत "म त चरी आउला" युट्युबमा