एक दिने आधारभुत बाख्रा पालन तालिम सम्पन्न

चित्रा नौन्याल,चैत्र २४,अत्तरिया ।
गोदावरि नगरपालिका २ चेतनशिल आमा समुहले एक दिने आधारभुत बाख्रा पालन तालिम सम्पन्न गरेको छ । चेतनशिल आमा समुहको आयोजना र गोदावरि नगरपालिका को आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

विपन्न दलित वर्गका महिलाहरुलाई आर्यआर्जनमा लक्षित गरि सञ्चालन गरिएको तालिममा ३० जना सदस्यहरुको सहभागिता रहेको थियो । समुहमा आवद्ध ६० जना दलित सदस्यहरु मध्येबाट पहिलो चरणमा २० जनालाई बाख्रा वितरण गरिने भएको छ । नगरपालिकाको २ लाख आर्थिक सहयोगमा २० ओटा उन्नत जातका बाख्रा र एउटा बोका ल्याई समुहका २० जना सदस्यहरुलाई प्रतिव्यक्ति १ ,१ का दरले वितरण गरिने छ ।

 

 

अन्य सदस्यहरुलाई भने सो बाख्राहरुबाट जन्मेका अन्य पाठापाठीहरु पालै पालो वितरण गरिने समुहकि अध्यक्ष सुमित्रा सोपले जानकारि दिईन । समुहका सदस्यहरुलाई १ हप्ता भित्रै बाख्रा वितरण गरिने उनले बताईन । तालिममा बाख्राहरुमा लाग्ने रोग , बाख्रा पाल्ने तरिका , आहार सम्बन्धि छलफल गरिएको छ  । समुहकि अध्यक्ष सुमित्रा सोपको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति गोदावरि नगरपालिका वडा न २ का वडा सदस्य कमल कडायत रहेका थिए ।

यस्तै  बिशिष्ट अथितिमा गोदावरि नगरपालिका वडा न २ का वडा सदस्य संगिता विक र गोदावरि नगरपालिका पशु सेवा शाखा अधिकृत भवानि दत्त भट्ट रहेका थिए । तालिमको सहजिकरण पशु सेवा शाखा अधिकृत भट्टले गरेका थिए भने कार्यक्रमको संचालन समुहकि सचिव सानु बिकले गरेकि थिईन ।

 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा ठुलो लगानीको शीत भण्डार सन्चालनमा ,स्थानिय किसानहरु हर्षित

चैत्र २९ डडेलधुरा  ।  डडेल्धुरामा प्रदेश ७ कै ठूलो शीत भण्डार सञ्चालनमा आएको छ । कृषिजन्य उत्पादनलाई लामो अबधीसम्म  सुरक्षित राख्ने उद्देश्यले

कञ्चनपुरको लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन उपराष्ट्रपतिको चासो

चैत्र ८,काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुरको दैजीमा रहेको लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन चासो व्यक्त गर्नुभएको छ । दोस्रो

प्रसिद्ध पर्यटकिय क्षेत्र खप्तडमा अन्तराष्ट्रिय काब्य सम्मेलन हुने ।

चैत्र ५,धनगढी ।   प्रसिद्ध पर्यटकिय क्षेत्र खप्तडमा कबि  स्म्मेलन हुने भएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान  गोदावरीको आयोजनामा