धनगढी प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा टिम चौराहा धनगढी प्ले अफमा

चैत्र २४, धनगढी ।
धनगढी प्रिमियर लिग अन्तरगत शनिवार भएको खेलमा साविक विजेता टिम चौराहा धनगढी डीपीएल टू को प्लेअफमा प्रवेश गरेको छ । यस अघि नै ४ वटा खेलमा पराजय भई प्रतियोगिताबाट बाहिरिइसकेको रुपन्देही च्यालेन्जर्सलाई टिम चौराहा धनगढीले ३ रनले हराउदै प्लेअफमा प्रबेश गरेको हो ।

धनगढीस्थित संघीय प्रहरीको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चौराहाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको थियो । शुक्रबार राति भारी वर्षा भएकाले मैदान हिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको थियो । सुरुआती विकेट सस्तैमा गुमाएको चौराहाका लागि पाँचौं नम्बरमा आएका सोनु तामाङले विष्फोटक पारी खेल्दै टिमलाई जिताउन सहयोग पुर्याएका थिए ।

उनले मात्र १४ बलमा ४ छक्का र १ चौकाको सहयोगले ३४ रन बनाए । त्यस्तै रोहन मुस्तफाले १५ रनको योगदान गरे । बलिङमा रुपन्देहीका शुसान भारीले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए । ७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो । रुपन्देहीका लागि सागर पुनले १६ बलमा ३३ रनको पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

रुपन्देहीका लागि दीपक प्रसादले १६ रन बनाएका थिए । बलिङतर्फ चौराहाका मुस्तफाले २ विकेट लिए । जितसँगै लिगचरणका पाँच खेलबाट ६ अंक जोडेर प्लेअफमा पुगेको छ । उसले ३ खेलमा जित र २ खेलमा पराजय ब्यहोरेको थियो । यसअघि वर्षाका कारण मैदान हिलो भएपछि महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको खेल स्थगित गरिएको थियो भने दुवै टोलीलाई १÷१ अंक दिइएको थियो ।

 

प्रतिकृया दिनुहोस

धनगढी जेसिजले आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका बुढाले प्राप्त गरे

धनगढी , बैशाख ०१ । नया वर्षको अवसरमा धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका

काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहा धनगढीले (डीपीएल) २ को उपाधि माथी कब्जा जमायो

धनगढी, चैत्र ३० । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) २ को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम

रुस्लान धनगढी प्रिमियर लिंग डिपिएल २ – उपाधिका लागी आज काठमाडौं गोल्डेन्स र टिम चौराहा धनगढी प्रतिस्पर्धा गर्दै

धनगढी , चैत्र ३० । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउदै रुस्लान धनगढी प्रिमियर लिंग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाण्ढौले