डीपीएल क्रिकेटः विराटनगर किंग्सलाई हराउँदै सीवाईसी अत्तरिया प्ले अफमा

चैत्र २५, धनगढी ।

सीवाईसी अत्तरियाले विराटनगर किंग्सलाई ६ विकेटले पराजित गरी प्ले अफमा पुगेको छ । संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आइतबार दिउँसो भएको खेलमा टस हारेर व्याटिङमा आएको विराटनगर किंग्सले सीवाईसी अत्तरियालाई ५६ रनको लक्ष्य दिएको थियो  ।

पानीले मैदान ओसिलो भएपछि २० ओभरको खेलाई छोट्याएर ६र६ ओभरा झारिएको थियो । निर्धा्रित ६ ओभरको खेलमा विराटनगरले ३ विकेट गुमाउँदै ५५ रन बनायो । सीवाईसीले ५.४ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो ।

सीवाइसीको तर्फबाट विपिन चन्द्राले १३ बलमा नट आउट २६ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १५ बलमा २० रन बनाए । कुशल भुर्तेलले ४ र आकाश थापाले १ रन जोडे । गौरव चित्कारा र सन्दीप जोरा शुन्य रनमा आउट भए । विराटनगरको तर्फबाट रामनरेश गिरीले २ ओभरमा २३ रन खर्चँदै २३ रन दिए । कप्तान पारस खड्काले १.४ ओभर बलिङ गर्दै १४ रन खर्चिए भने २ विकेट लिए ।

बसन्त रेग्मीले २ ओभरमा १५ रन दिए। उनले कुनै विकेट लिन सकेनन् । खेलको म्यान अफ दि म्याच विपिन चन्द्रा भए । विराटनगर किंग्सको तर्फबाट बाबर हायतले ७ बलमा १४, अनिल साहले १२ बलमा १५, कप्तान पारस खड्काले ८ बलमा ९ रन बनाए । दीलिप नाथ ९ बलमा १५ रन बनाइ नट आउट रहे ।

सीवाईसीको तर्फबाट कमलसिंह ऐरीले २ ओभरमा १८ रन खर्चेर २ विकेट लिए धने सुभांकर उराउले २ ओभरमा १४ रन दिएर १ विकेट लिए । सीवाईसी अत्तरियाले विराटनगर किंग्समाथि विजय हात पारेपछि टिम चौराह धनगढी क्वालिफायरमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित

एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

एसिया कप छनोट - सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

 काठमाडौं भदौ ,१७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको