मसुरियामा आजवाट प्रदेश स्तरिय प्रथम सुन्दर सुदुरपश्चिम आमन्त्रित गौरीगंगा कप सुरु

हेमराज भट्ट , अत्तरिया , चैत्र २६
कैलालीको मध्यावर्ती क्षेत्र गौरीगंगा नगरपालिकाको मसुरिया सोमवारवाट प्रदेश स्तरिय प्रथम सुन्दर सुदुरपश्चिम आमन्त्रित गौरीगंगा कप सुरु भएको छ । गौरीगंगा ११ स्पोट्स क्लबले आयोजना गरेको फुटवल प्रतियोगीताको सोमवार एक औपचारिक कार्यक्रम बिच प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्ल्लले उद्धघाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मल्लले कुनै पनि ठाउ र देशको बिकास खेलकुदवाट नै हुने भएकाले खेलकूदका क्षेत्रमा बिभिन्न खाले कार्यक्रमहरु संञ्चालन गरिनुपर्ने बताए । कार्यक्रममा छोटो बोलेका प्रदेश प्रमुख मल्लले गौरीगंगा ११ स्पोट्स क्लबले पहिलो पटक यति ठूलो प्रतियोगीताको आयोजना गरेकोमा बधाई दिदै प्रतियोगीताको सफलताको शुभकामना दिए । झण्डै चार लाख नगद पुरस्कार रहेको प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने आयोजक गौरीगंगा–११ स्पोर्टस क्लवका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

 

 

 

प्रतियोगीताको बिजेता टिमले नगद २ लाख सहित ट्रफि र उपविजेता टिमले नगद १ लाख सहित ट्रफि प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै प्रतियोगीताको बिभन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई नगद २५ हजार , सवार्धिक गोलकर्ता , उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक र उत्कृष्ट मिडफिल्डरलाई जनहि ७ ÷७ हजार रुपैया प्रदान गरिने छ ।

यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार रुपैया प्राप्त गर्ने छ । खेलकुद बिकासमा पछाडी परेको गौरीगंगा नगरपालिका भित्र प्रतियोगिताको माध्यमले मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला वनाउने र मौलाउँदै गएको लागु औषध तथा दुव्र्यसनवाट जोगाएर युवाहरुलाई खेल तर्फ आकर्षित गर्ने उद्देश्य राखिएको छ आयोजकको भनाई रहेको छ । १४ ओटा टिमको सहभागीता रहने गौरीगंगा नगरपालिकाको बडा नं ८ स्थित बढैपुर रंगशालामा चलिरहेको छ । गौरीगंगा ११ स्पोट्स क्लबका अध्यक्ष दिनेश कलेलको सभापत्तिवमा सुरु भएको कार्यक्रममा प्रमुख अथिति प्रदेश नं ७ का प्रदेश प्रमुख मोहनराज मल्ल रहनुभएको थियो भने बिशिष्ट अथितिमा सुदुरपश्चिम ११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमाल रहनुभएको थियो ।

 

उद्धघाटन खेलमा धनगढी टेक्नीकल कलेजको विजयी सुरुवात

सोमवारवाट सुरुभएको गौरीगंगा कपको उद्धघाटन खेलमा धनगढी टेक्नीकल कलेज ३ – १ का साथ बिजय भएको छ । आज दिउसो प्रतियोगीता उद्घाटन पछि भएको खेलमा आयोजक गौरीगंगा–११ स्पोर्टस क्लव माथि जित निकाल्दै विजयी सुरुवात गरेको हो । धनगढीवाट जर्सी नं ७ का खेलाडी आकाश चन्दले पहिलो हाफको ३२ मीनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको १५ र ३४ मिनेटमा हरी चौधरीले २ गोल गरेका थिए । सुरु देखिनै दवावमा रहदै आएका आयोजकको टिमका तर्फवाट खेलको अन्ततिर भुपेन्द्र बुढाले आफ्नो टिमका लागी एक गोल गर्न सफल भए । प्रतियोगीता अन्र्तगत भोली सुदुरपश्चिम ११ बी र स्पीड युथ रामपुर बिच दिउसो २ बजेबाट खेल संचालन आयोजकले बताएको छ ।  

 

प्रतिकृया दिनुहोस

धनगढी जेसिजले आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका बुढाले प्राप्त गरे

धनगढी , बैशाख ०१ । नया वर्षको अवसरमा धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका

काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहा धनगढीले (डीपीएल) २ को उपाधि माथी कब्जा जमायो

धनगढी, चैत्र ३० । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) २ को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम

रुस्लान धनगढी प्रिमियर लिंग डिपिएल २ – उपाधिका लागी आज काठमाडौं गोल्डेन्स र टिम चौराहा धनगढी प्रतिस्पर्धा गर्दै

धनगढी , चैत्र ३० । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउदै रुस्लान धनगढी प्रिमियर लिंग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाण्ढौले