डीपीएलको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट ।

माघ २४ ,अत्तरिया सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) को लागि गरिएको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट गरिएको छ । डीपीएलमा सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उदेश्यले आयोजित ट्यालेन्ट हन्टबाट यस क्षेत्रका १२ जना खेलाडी छनौट गरिएका हुन् । ट्यालेन्ट हन्टबाट प्रकाश जैशी, नारायण जोशी, सुवोध ऐर, विजय राना, लोकेश बम र विक्रम ठगुन्ना छनौट भएका छन् । यस्तै किरन कुमार आग्री, बसन्त सिंह कार्की, शेर मल्ल, पूर्ण सिंह ठकुरी, प्रकाश सिंह र सागर भण्डारी पनि ट्यालेन्ट हन्टबाट छनौट भएका छन् । ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जनामध्ये कम्तिमा पनि ६ जना खेलाडीले आउँदो चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने डीपिएल खेल्न पाउनेछन् । एक सय बढी खेलाडीहरुको सहभागिता रहेको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गरिएको हो । छनौट भएका १२ जनालाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिने छ । जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजार देखि अधिकतम ४० हजार रुपैयाँसम्म भाउ लगाउँदै प्रत्येक टिमले कम्तिमा पनि एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान आयोजकले गरेको छ । राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गर्नुभएको थियो । डीपिएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

बनदेवी युवा क्लबको आयोजनामा BYC फुटबल लिग प्रतियोगिता सुरु

अत्तरिया , असोज २५ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा विहिवारदेखी  BYC फुटबल लिग प्रतियोगिता सुरु भएको छ

प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आर्दश युवा क्लब खमौरालाई

अत्तरिया , असोज २४ । नेपालीहरुको माहान चार्ड दशै , तिहार तथा छठ पर्वको अबसर पारेर यहि असोज १८ गतेदेखी सुरु भएको प्रथम गौरीशंकर फुटबल प्रतियोगिताको

टी–ट्वान्टी विश्व कपअन्तर्गत चीनविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ ,असोज २४ ।  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको खेलमा चीनविरुद्ध नेपालले जितेको छ ।  एक सय ९ बल बाँकी