कृ फिल्म एकल प्रदर्शनमा

माघ २६ ,काठमाण्डौ।  


आज शुक्रबारदेखि कृ फिल्म एकल प्रदर्शनमा उत्रिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा भुवन केसी र सुवास गिरीले निर्माण गरेको फिल्ममा अनमोल केसी र अदिति बुढाथोकी मूख्य भूमिकामा छन् ।

एक्सन लभस्टोरी कृ यो वर्षकै प्रतीक्षित र हाई बजेट फिल्म हो । हरेक साता दुई वा दुईभन्दा बढी फिल्म एकसाथ प्रदर्शन हुने गरेको भए पनि कृ भने एकल प्रदर्शनमा आएको छ ।

युवा स्टार अनमोलको क्रेजका कारण अरू कोही निर्माताले कृसँग आफ्नो फिल्म जुधाउन चाहेनन् । अनमोल अभिनीत यसअघिका होस्टेल, जेरी, ड्रिम्स र गाजलु चारै फिल्म हिट छन् । त्यसकारण कृसँग भिड्न कुनै नेपाली फिल्म तयार भएनन् ।

कृमा अनमोल पहिलोपटक एक्सन अवतारमा उत्रिएका छन् । निर्मातामध्येका एक सुवास गिरीले फिल्म निकै भव्य बनेकाले अहिलेसम्मको सबै व्यावसायिक रेकर्ड तोड्ने आस गरिएको बताएका छन् । कृसँगै अक्षयकुमार अभिनीत हिन्दी फिल्म प्याडम्यान पनि नेपालका हलमा प्रदर्शनमा आएको छ ।

प्रतिकृया दिनुहोस

धौलीको ब्या भयो भन्दै हिट भएका लोकपप गायक चेतन बोहरा फेरि सबैलाई नचाउने गित अम्बर डम्बरवाट चर्चा कमाउदै

हेमराज भट्ट , अत्तरिया , बैशाख ०५ । नेपाली कलाकारिता क्षेत्रमा प्रबेश गरेको  छोटो समयमै थुपै्र चर्चा कमाउन सफल नेपाली लोक पप तथा देउडा गायक चेतन

बिदेशमा पहिलो पटक देउडा गितको छायाँकन

रमेश भट्टराई,दुबर्ई   देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गित कम्मर लड्काई लड्काई नयाँ वर्षमा बजारमा आउने भएको छ । पहिलो गित दुवईको लाहुर्याको

प्रदेश नं ७ का बिभिन्न शहरहरुमा नेपाली कथानक चलचित्र मेरो पैसा खै को च्यारिटि सो हुदै

हेमराज भट्ट , चैत्र १६ अत्तरिया । पछिल्लो समय नेपाली समाजमा फैलिरहेको बिकृति , बिसंगति , चेलीबेटी बेचबिखन लगाएतका घटनाहरुलाई समेटेर तयार पारिएको