धनगढी प्रिमियर लिग डीपीएल २ को रोमाञ्चक खेल – काठमाडौं गोल्डेनलाई १ विकेटले पराजित गर्दै धनगढीको टीम चौराहा को फाइनलमा

धनगढी , चैत्र २७ ।

रोमाञ्चक खेलमा काठमाडौं गोल्डेनलाई १ विकेटले पराजित गर्दै धनगढीको टीम चौराहा धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा पुगेको छ । मड्लवार भएको क्वालिफायर चरणको खेलमा काठमाडौं गोल्डेन्सले दिएको १२८ रनको लक्ष्य टीम चौराहाले १ बल बाकी छदा ९ विकेट गुमाएर भेट्टाएको थियो । अन्तिम ओभरको खेल बाँकी रहँदा टीम चौराहालाई ४ बलमा १० रन आवश्यक थियो । उसंग ३ विकेट बाकी थियो ।

अन्तिम ओभरको २ बल बँकी हुदासम्म टीम चौराहाले २ विकेट गुमाइसकेको थियो भने जम्मा ४ रन मात्र जोडेको थियो । पाचौ बलमा सम्सद शेखले छक्का प्रहार गरेपछि टीम चौराहा विजयी भयो । टीम चौराहाको जितका लागि रोहन मुस्ताफाले ३३ र शंकर रानाले २८ रन, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन जोडे । बलिङतर्फ काठमाडौं गोल्डेन्सका सहाब आलम, सन्नी पटेल र रसिद खानले समान २ विकेट लिए भने ललित राजवंशी र सुवोध भाटीले १,१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि  कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६, पुष्प थापाले नटआउट १६ रन जोडे । बलिङतर्फ टीम चौराहाका सोमपाल कामी, ललित सिंह भण्डारीले २, २ विकेट लिए भने सुनिल धमला, संसद सेख र रोहन मुस्ताफाले समान १ विकेट लिए । समूह चरणमा एक खेलमा पनि पराजित नभएको काठमाडौंसग फाइनल प्रवेशका लागि अझै एउटा अवसर छ । उसले फाइनल पुग्न महेन्द्रनगर युनाइटेड संग प्रतिस्पर्धा गर्न पाउनेछ ।


सीवाईसी अत्तरिया बाहिरियो
सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग डीपीएलबाट बाहिरिएको छ ।  एलिमिनेटरमा महेन्द्रनगर युनाइटेडसँग १५ रनले पराजित भएसँगै अत्तरिया प्रतियोगिताबाट बाहिरिएको हो । महेन्द्रनगरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरिया १ सय १५ रनमा सिमित भयो ।  सुवास खकुरेलले ३०, दिपेन्द्रसिंह ऐरीले २७ तथा विपिन चन्दले २८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । टस हारेर पहिले व्याटिङ गरेको महेन्द्रनगरले ७ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । उसका लागि आरिफ शेखले ३५ र पुनित मेहराले २६ रन बनाएका थिए ।

 

प्रतिकृया दिनुहोस

धनगढी जेसिजले आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका बुढाले प्राप्त गरे

धनगढी , बैशाख ०१ । नया वर्षको अवसरमा धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका

काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहा धनगढीले (डीपीएल) २ को उपाधि माथी कब्जा जमायो

धनगढी, चैत्र ३० । टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) २ को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम

रुस्लान धनगढी प्रिमियर लिंग डिपिएल २ – उपाधिका लागी आज काठमाडौं गोल्डेन्स र टिम चौराहा धनगढी प्रतिस्पर्धा गर्दै

धनगढी , चैत्र ३० । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउदै रुस्लान धनगढी प्रिमियर लिंग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाण्ढौले