काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुँदै

धनगढी,चैत्र २८ ।
धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको अन्तिम क्वालिफायरमा आज (बुधवार) काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

संघीय प्रहरी कार्यालय इकाई मैदानमा दिउँसो १ बजे शुरु हुनेछ । आजको विजेताले उपाधिका लागि आगामी शुक्रबार टिम चौराह धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि मंगलवार प्ले–अफको पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।

काठमाडौंविरुद्ध रोमाञ्चक जित निकाल्दै धनगढी मंगलवारनै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । काठमाडौं गोल्डेन्सले दिएको १ सय २९ रनको लक्ष्य पछ्र्याएको टिम चौराहा धनगढी १ विकेटले विजयी भएको थियो । मंगलवारनै सीवाईसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर युनाईटेड क्वालिफायर राउण्डमा प्रवेश गरेको हो ।

फाइनल प्रवेशका लागि दुई टोलीबीच आज (बुधवार) प्रतिस्पर्धा हुन लागेको हो ।

 

प्रतिकृया दिनुहोस

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगितामा ललितपुर प्याट्रीयट्सद्वारा चितवन टाइगर्स पराजित

काठमाण्डौ,मंसिर २३ ।  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन