कैलालीका कृषकहरु कृर्षि पेशा प्रति आर्कषित

हेमराज भट्ट,अत्तरिया माघ २६।

पछिल्लो समय कैलालीका स्थानिय कृषकहरु कृषि तर्फ आर्कषित भएका छन् । अहिले कैलालीका कृषकहरु कृषि क्षेत्रवाट गाउघरमा मनग्य आम्दानी लिन सफल भएका छन् । अन्य ब्यबसायको तुलनमा कृषि ब्यबसायवाट रामो्र आम्दानी हुन थालेपछि यहाका किसानहरु कृषी पेशा तर्फ आर्कषित भएका हुन् । यहाका प्राय सबै जसो किसानहरु ब्यतिmगत तथा सांगठनिक रुपमा रुपमा कृषि पेशामा लागिरहेका छन् । पहिला पहिला  समान्य खेतीवारी गर्दै जिवनयापन गरिरहेका यहाका कृषिकहरु ऋहिले कृषिलाई ब्यबसायिकरण गर्दे मासकि लाखौको आम्दानी गरिहेको छन् । यि मध्येक एक हुन कैलालीको गोदावरी नगरपालिका बडा नं २ बस्ने स्थानिय कृषक मिन राज जोशी । सुदुरपश्चिम कृषि तथा पशु बिकास फर्म नै दर्ता गरि जोशीले अहिले एक्लै बिभन्न खाले कृषिपेशा सम्हाली रहेका छन् । गोदावरी नगरपालिका बडा नं २ को तेघरी र उत्तर बनखेतमा करिब ५ बिगाहा जमिन भाडामा लिएर उहाले अहिले गाईपालन ,भैसीपालन ,बाखा्रपालन ,घासखेती तथा घानखेती लगाएतका बिभिन्न प्रकारका कृषि पेशा गरिरहेको उनको भनाई छ गोदावरी नगरपालिकाका बडा नं २ का स्थाई बासिन्दा रहेका जोशीले ३ बर्ष पहिले अत्तरियामा किराना पसल थापेर ब्यापार गर्नुहुन्थ्यो । दिनभरि भागदौडका साथै बजारको धुवाधुलो खाएर पनि सोचे अनुसारको ब्यापार नहुन थालेपछि आफु कृषि पेशा तर्फ आर्कषित भएको उनले बताए । उनले आफ्नो जमिन नहुदा १० बर्षका लागी अर्काको जमिन भाडामा लिएर संञ्चालन गरिरहेको कृषि फर्मवाट मासिक १० लाख रुपैया भन्दा बढि आम्दानी गरिरहेको बताए । बिदेशमा गएर आफ्नो श्रम बेच्नु भन्दा आफ्नै गाउठाउमा मेहेनत गरे मासिक लाखौ कमाउन सकिन्छ उनले भने — ३ बर्ष पहिले आफुले ५ लाख रुपैयावाट सुरु गरेर संञ्चालनमा ल्याएको उक्त कृषि फर्ममा आफ्नो घरपरिवारका सबै सदस्यहरु र अन्य १० जनाले रोजगार पाएको उनले बताए । आगामी दिनहरुमा नगरपालिका संग समन्ब्य गरेर  आफ्नो फर्म आधुनिकिकरण गरि  कैलाली जिल्लाकै नमुना फर्मको रुपमा स्थापित गर्ने सोच रहेको उनले आफ्नो भनाई राखे । अझै पनि कैलाली जिल्लाका कृषकहरु एकजुट हुन नसकेको बताउदै उनले यस क्षेत्रका कृषकहरु एक जुट हुन जरुरी रहेको बताए । कृषिवाटै मासिक १० भन्दा बढि आम्दानी गरिरहेका जोशीले यसवाट आफ्नो र आफ्नो घरपरिवारको जिवनयापन एकदमै सुखमय रहेको र अन्य ब्यवसाय गर्न र कमाउन बिदेशिनु पर्ने अबस्था नरहेको बताए । अर्काको देशमा पसिना बगाउन दैनिक रुपमा हजारौको संख्यामा बिदेशि युवाहरुले आफ्नै माटोमा पनि सुन फलाउन सकिन्छ भन्ने जोशी एक उदारण बनेका छन् ।

प्रतिकृया दिनुहोस

भारतबाट आयात हुने केरामा रोक लगाउन कृषकहरुले माग

धनगढी , असोज १६ ।  कैलाली र कञ्चनपुर,बांके ,बर्दियाका व्यावसायिक केरा खेती गर्ने कृषकहरुले भारतबाट आयात हुने केरामा रोक लगाउन माग गरेका छन् । भारतबाट

दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गएको प्रति ७ नं प्रदेशका सरोकारवालाद्धारा चिन्ता व्यक्त

कैलाली , साउन २८ । मुलुकमा दिन प्रतिदिन खाद्यान्न आयात बढ्दै गइरहेको प्रति प्रदेश ७ का सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । फाया नेपालले आयोजना