नगरपालीकाले वडामा बनाउने भनेको सहरी स्वास्थ्य किल्नीक अझै सन्चालनमा आउन सकेनन

धुर्ब ओझा,अत्तरिया चैत्र २८ ।
कैलालीको गोदाबरी नगरपालीकाको दुईओटा वडामा बनाईने भनिएका सहरी स्वास्थ्य किल्नीक अझैपनि निर्माण हुन सकेका छैनन । स्थानिय निकायको चुनाब भएर जनप्रतिनिधी आएको झण्डै १० महिना बितिसकेको छ तर अझै नगरपालीकाको आर्थिक बर्ष २०७४,७५ को योजाना अनुसार भनिएका धेरैजसो काम गर्न बाकि रहेको देखिन्छ ।

जनताहरुको स्वास्थ्यमा पहुच पुगोस भनेर बिकट ठाउमा तोकिएको र सोही वडामा सबैलाई सहज हुने गरी सहरी स्वास्थ्य किल्नीकको स्थापना गरिन लागिएको हो । किल्नीककै लागी अनमी, अहेब र कार्यालय सहयोगी कर्मचारी समेत केही महिना अगाडी नै छनौट गरिएको थियो । नगरपालीकाले कर्मचारी वडामा खटाईसकेको बताएको छ भने वडाले आफुकहा कर्मचारी नआएको बताएको छ ।

नगरपालीकाको वडा नम्बर ४ र १२ मा गरी दुईओटा वडामा निर्माण गरिने भनिएका स्वास्थ्य किल्नीक अझै बनेका छैनन । वडा नम्बर ४ मा भने केहिदिन अगाडी सम्म फुलबस्ती र एकान्त टोल काहा बनाउने भनेर स्थानको लागी बिबाद भएको थियो । वडा नम्बर ४ मा वडाअध्यक्षले आफनो मनोमानी ढंगमा किल्नीक राखिने स्थान तोकने भनि हल्लागरेको भन्दै फागुन महिनाको अन्तिमतिर चार नम्बर वडाका वडा बासीहरुले वडा कार्यालय र नगरपालीकामा समेत धाएका थिए ।

वडाबासीहरुले स्थान नै टुङगो नलागेको र आफुहरुलाई पायक पर्ने स्थानमा क्लीनिक भवन स्थापना गर्नुपर्ने माग राख्दै अएका थिए । त्यस्तै वडा नम्बर १२ को चापमा निर्माण गरिने स्वास्थ्य किल्नीकको लागी ब्यक्तीगत भवन भाडामा लिएर अहिले सरसफाई लगायत निर्माणको कार्य अगाडी बढिरहेको वडा नमबर १२ का वडाअध्यक्ष भिम बहादुर खडकाले बताउनुभयो ।

वडा नम्बर ४ का वडाबासीहरुले केही महिना अगाडी आफुहरुलाई पायक पर्ने ठाउमा वडा कार्यालयलाई क्लिनीक राख्नका लागी सबैवडाबासीहरुको उपस्थीती गराई वडाकार्यालय लाई चिठ्ठी समेत पठाएका थिए । उनीहरुले वडा र नगरपालीकालाई पटक पटक पहल गर्दापनि कुनै सुनुवाई नभएको वडाबासीहरुले गुनासो गरेका छन ।

उता नगरउपप्रमुख रत्ना कडायतका अनुसार अहिले वडा नम्बर ४ को फुलबस्ती भन्ने स्थानमा स्वास्थ्य किल्नीकका लागी भवन लगायत भौतीक निर्माणका कार्यहरु भईरहेको बताउनुभएको छ । उहाका अनुसार अहिले छनौट गरिएका कर्मचारीहरु लगायतले आउदो बर्षको दुईतिन गते तिर दुबै वडामा सहरी स्वास्थ्य किल्नीक उद्धघाटन गरिने गरि निर्माणका कार्यहरु भईरहेको जानकारी दिनुभएको छ । महिनौ बितिसक्दा पनि अहिले सम्म किल्नीकको बारेमा कुनैपनि शुरसार देखिएको छैन ।

 

प्रतिकृया दिनुहोस

'निर्मला पन्त हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाउनु पर्छ' - डा. गोबिन्द केसी

धनगढी,मंसिर १५ ।  डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाएर कारवाही गर्नुपर्ने

अस्पतालहरु सेवा बिहिन-सुदुरपश्चिम प्रदेशबाट ठुलो संख्यामा स्टाप नर्सहरुको सरुवा

अत्तरिया,मंसिर ५ ।   सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य सेवा विभागले २० जना स्टाफ नर्सको सरुवा गरेको छ। विभागले सोमबार जारी गरेको स्टाफ नर्सको नयाँ