डडेल्धुरामा ठुलो लगानीको शीत भण्डार सन्चालनमा ,स्थानिय किसानहरु हर्षित

चैत्र २९ डडेलधुरा  ।
 डडेल्धुरामा प्रदेश ७ कै ठूलो शीत भण्डार सञ्चालनमा आएको छ ।

कृषिजन्य उत्पादनलाई लामो अबधीसम्म  सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका-१ दहमा  उग्रतारा शीत भण्डार उद्योग प्रालि सञ्चालनमा आएको हो ।


आधुनिक प्रबिधीयुक्त १४ हजार ५ सय क्वीन्टल  क्षमताको कोल्ड स्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योग व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा स्थापना हो ।

 २ वर्षअघिबाट निमाण सुरु भएको शीत भण्डार २ करोड ५७ लाख सञ्चालकको र २ करोड ९९ लाख साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको गरी ५ करोड ५७ लाखमा सम्पन्न भएको उग्रतारा शीत भण्डारका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
शीत भण्डारमा प्रतिक्विन्टल ५०० रुपैयाँमा किसानले आफ्नो उत्पादन राख्न सक्नेछन ।

६ महिनासम्म किसानले आफ्नो उत्पालन यहाँ राख्न पाउने हुँदा उनस्हरुको आए स्तरमा बृद्धि हुने विश्वास लिइएको छ ।

शीत भण्डार निर्माण भइसकेपछि यसबाट करिब ९ सय घरधुरीहरु लाभान्वित हुने र ५० देखि ६० जना व्यक्तिहरुले रोजगारी समेत पाउने बताइएको छ ।

जिल्लामा आलुको बीउ प्रसस्त मात्रामा उत्पादन हुँदा पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बीउहरु ल्याउनु पर्ने बाध्यता रहेका थियो ।

अब जिल्लामै शीत भण्डार स्थापना भइसकेेपछि किसानहरु हर्षित भएका छन् । 
शीत भण्डार सञ्चालनमा आएपछि जिल्लामै उत्पादित आलुको बीउ र बिभिन्न कृषि उपजहरुलाई भण्डारण गरी पुनः बीउको लागि प्रयोग गर्न सकिने हुँदा भारतबाट आउने तरकारी तथा फलफूल रोकिने र यहाँको उत्पादन निर्यात हुने कृषि कार्यालयको भनाइ छ ।

यो शीत भण्डारले प्रदेश ७ का पहाडि जिल्लामा उत्पादित खाद्यान्न, आलुको बीउ र फलफूलहरु संचित गर्न सहयोग पुग्ने छ ।


 

प्रतिकृया दिनुहोस

एक दिने आधारभुत बाख्रा पालन तालिम सम्पन्न

चित्रा नौन्याल,चैत्र २४,अत्तरिया । गोदावरि नगरपालिका २ चेतनशिल आमा समुहले एक दिने आधारभुत बाख्रा पालन तालिम सम्पन्न गरेको छ । चेतनशिल आमा समुहको

कञ्चनपुरको लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन उपराष्ट्रपतिको चासो

चैत्र ८,काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुरको दैजीमा रहेको लिङ्गालाई पर्यटकीय क्षेत्र बनाउन चासो व्यक्त गर्नुभएको छ । दोस्रो

प्रसिद्ध पर्यटकिय क्षेत्र खप्तडमा अन्तराष्ट्रिय काब्य सम्मेलन हुने ।

चैत्र ५,धनगढी ।   प्रसिद्ध पर्यटकिय क्षेत्र खप्तडमा कबि  स्म्मेलन हुने भएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान  गोदावरीको आयोजनामा