रुस्लान धनगढी प्रिमियर लिंग डिपिएल २ – उपाधिका लागी आज काठमाडौं गोल्डेन्स र टिम चौराहा धनगढी प्रतिस्पर्धा गर्दै

धनगढी , चैत्र ३० ।
काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई हराउदै रुस्लान धनगढी प्रिमियर लिंग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाण्ढौले महेन्द्रनगर युनाइटेडलार्ई ५ विकेटले हराउदै फाइनलमा प्रवेश गरेको हो ।  काठमाडौं गोल्डेन्सले शुक्रबार आज हुने फाइनलमा टिम चौराह धनगढीसँग फाइनल खेल्नेछ । खेल मध्यान्ह १२स्३० मा हुनेछ । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।

१४३ रनको विजय लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो । काठमाडौंको तर्फबाट सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । अमित श्रेष्ठले १९ बलमा २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले २१ बलमा १५ रन बनाए । पुष्प थापा ९ रनमा आउट भए । यस्तै सन्नी पटेल र नरेश बुढाऐर नटआउट क्रमशः १ र ७ रन बनाए । महेन्द्रनगरको तर्फबाट पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १र१ विकेट लिए ।

दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडल काठमाडौं गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको थियो । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भइरहेको खेलमा टस हारेर महेन्द्रनगरले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ४२ बलमा ५८ रन बनाए भने आरिफ शेखले ३९ बलमा ४३ रन बनाए । यसैगरी करण केसीले १२ बलमा २१ रन बटुले भने पुनित विष्टले ७ रन बनाए । महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भए । आरिफ शेख र पुनित मेहराले ८५ रनको साझेदारी गरेका थिए । काठमाडौंका सन्नी पटेलले सुरुमै ६ विकेट लिएपछि महेन्द्रनगरले अधिकांश समय दबाबमा खेलेको थियो । उनले ४ ओभरमा १ मेडेन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपीएल क्रिकेटको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । पुष्प थापा र सुबोथ भाटीले १र१ विकेट लिए ।  

 


काठमाडौं गोल्डेन्सका भारतीय खेलाडी सन्नी पटेलले रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)मा कीर्तिमान राखे
काठमाडौं गोल्डेन्सका भारतीय खेलाडी सन्नी पटेलले रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)मा कीर्तिमान राखेका छन् । सन्नीले डीपीएलको एउटै इनिङमा सर्वा्धिक विकेट लिने खेलाडीको कीर्तिमान राखेका हुन ्।

डीपीएल अन्तर्गत जारी काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेलमा ६ विकेट लिदै सन्नी डीपीएलको एउटै इनिङमा सर्वा्धिक विकेट लिने खेलाडी बनेको हुन्। टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगर युनाइटेडको पारी ध्वस्त गर्न सन्नीले सुरुवातकै ६ विकेट लिएका हुन ्। पहिलो ओभरमा सन्नीले महेन्द्रनगरका कप्तान विनोद भण्डारी(०)लाई एलबिडब्लु आउट पारे । तेस्रो ओभरको पहिलो बलमा आसिफ सेखलाई र अन्तिम बलमा हरिशंकर साहलाई पुनः शुन्य रनमै आउट गर्दै तेस्रो विकेट लिए । बाँकी तीन विकेट भने उनले पाचौं ओभरमा लिए।

पाँचौ ओभरको तेस्रो बलमा पुनित विष्ट(७)लाई ललितनारायण राजबंशीको हातबाट क्याच गराएका सन्नीले पाँचौं बलमा रोहित पौडेल(०)लाई बोल्ड तथा अन्तिम बलमा भुवन कार्की(०)लाई सुबोध भाटीको हातबाट क्याच गराउँदै छैटौं विकेट लिए । चार ओभर बलिङ गरेका सन्नीले १ ओभर मेडन लिदैं १० रनमात्रै खर्चेर ६ विकेट लिएका हुन ्।

 

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित

एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

एसिया कप छनोट - सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

 काठमाडौं भदौ ,१७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको