काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहा धनगढीले (डीपीएल) २ को उपाधि माथी कब्जा जमायो

धनगढी, चैत्र ३० ।
टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) २ को उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि रक्षा गरेको हो । उसले उपाधिसँगै २५ लाख रुपैयाँ हात पारेको छ । गएको वर्ष पनि धनगढीले नै उपाधि जितेको थियो ।

धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । १२१ रन बनाउँदा चौथो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि काठमाडौं दबावमा परेको थियो । तर, सनिप पटेलले आक्रामक पारी खेले । १२ बलमा २२ रन बनाएका उनलाई रोहन मुस्तफाले बोल्ड गरे । त्यसपछि खेल टिम चौराहाको पक्षमा गयो । काठमाडौंका अमित श्रेष्ठले ३९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्लले ३० र नरेश बुढाएरले १९ रन बनाए । पुष्प थापाले १० बलमा १५, रसिद खान २ रनमा आउट हुँदा भुपेन्द्र थापाले खाता नै खोल्न सकेनन् । टिम चौराहा धनगढीका ललित भण्डारीले तीन, रोहन मुस्तफाले दुई, समसद शेख र योगेन्द्र सिंह कार्कीले एकरएक विकेट लिए ।टस जितेर पहिले ब्याटिङ गरेको धनगढी टिम चौराहले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

१२ रन जोड्दा पहिलो विकेट गुमाएको टिम चौराहको पारी सुनिल धमला र रोहन मुस्तफाले सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए । धमलाले ६३ बलमा ७८ रन बनाए । ३ छक्का र ८ चौका हानेका उनी अन्तिम ओभरको दोस्रो बलमा सुबोध भाटीको बलमा क्याच आउट भए । रोहन मुस्तफाले ४२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६० रन बनाए । उनी १८ औँ ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

 

प्रतिकृया दिनुहोस

ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

काठमाडौं , मंसिर २५। एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा साविक

गोदावरी नगरपालिका जोनापुरमा ठुलो धनराशीको फुटबल प्रतियोगिता आयोजना हुने

अत्तरिया,मंसिर २४ ।  हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनराशीको फुटबल

एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगितामा ललितपुर प्याट्रीयट्सद्वारा चितवन टाइगर्स पराजित

काठमाण्डौ,मंसिर २३ ।  एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन