धनगढी जेसिजले आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका बुढाले प्राप्त गरे

धनगढी , बैशाख ०१ ।
नया वर्षको अवसरमा धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका आयोजना गरेको नवजिवन धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका धुर्ब बहादुर बुढाले जितेका छन । निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी उनले १ घण्टा ७ मिनेट ८ सेकेण्डमा पूरा गर्दै नगद ५१ हजार प्राप्त गरे ।

नेपाली सेनाका हरि रिमाल १ घण्टा ८ मिनेट शुन्य दशमलव १ सेकेण्ड र सेनाकै लाल बहादुर थापा १ घण्टा ८ मिनेट २५ सेकेण्डमा निर्धा्रित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए । दोस्रो भएका रिमालले २५ हजार र तेस्रो भएका थापाले १५ हजार रुपैयाका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरे । यसपटक दोस्रो भएका रिमाल अघिल्लो संस्करणका विजेता हुन् ।  त्यस्तै, कर्पोरेट तर्फको पााच किलोमिटरमा भिम चौधरी प्रथम, सिद्धराज जोशी द्वित्तिय र मनमोहन विष्ट तृतिय भए । 

उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ हात पारे । नेपाली सेनाका धावकलाईपछि पार्दै धनगढी हाफ म्याराथुनको उपाधि कब्जा गर्नै बुढा जुम्लामा हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका धावक हुन । अवसरको खोजीमा रहेका बुढाले धनगढीमा हुने म्याराथुनको बारेमा फेसबुक मार्फत जानकारी पाएका थिए । त्यसपछि हरि रोका फाउण्डेशनले गाडी भाडा उपलब्ध गराएपछि धनगढी आएका बुढालाई धनगढी जेसिजले खाना र बस्नको व्यवस्था मिलाईदिएको छ । बैशाख १ गते धनगढी दौडने सुचना पाएका बुढाले निरन्तरको प्रयास र दृढ विश्वासले पहिलो बनाएको बताए ।

सन् २००८ देखी निरन्तर दौडिदै आएका बुढा एसियन गेमको छनोटमा पनि दौडने ईच्छा व्यक्त गर्नुहुन्छ । नया वर्षको अवसरमा हरेक वर्ष ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका धनगढी हाफ म्याराथुनको आयोजना गर्दै आएको धनगढी जेसिजले हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष यज्ञराज पनेरुले बताए ।  गतवर्षको सस्करणबाट उठेको रकमले नेपाल रेडक्रस सोसाईटी कैलालीलाई शव वाहन सहयोग गरेको जेसिजले यसवर्षपनि सामाजिक क्षेत्रमा लगानी गर्ने प्रतियोगिताका सयोजक कमल पनेरुले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित

एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

एसिया कप छनोट - सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

 काठमाडौं भदौ ,१७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको