आजबाट नयाँ वर्ष २०७५ शुरु ,, प्रदेश नं ७ अर्थात सुदुरपश्चिममा सिस्नो लगाएर मनाइने बिसु पर्ब धुमधामका साथ मनाइँदै

अत्तरिया , बैशाख ०१ ।

आजबाट नयाँ वर्ष २०७५  शुरु भएको छ । विक्रम संवत् २०७५  वैशाख १ गते नयाँ वर्षको पहिलो दिन विश्वभर रहेका नेपालीहरु  एक आपसमा शुभकामना आदानप्रदान गरी मनाईरहेका छन ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ जुन विक्रम सम्वत्को पहिलो दिन हो। विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो। नेपालमा मल्लकालदेखि मौलिक सम्वतका रुपमा विक्रम सम्वतको शुरुवात भएको हो।सौरमान र चान्द्रमान दुबैलाई समन्वय गरेर बनाइएको सम्वत नै विक्रम सम्वत हो। विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ। सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।नेपालमा मात्र मौलिकरुपमा चलाइने यो सम्वत् आधिकारिक सरकारि सम्बत हो ।

यस्तै सुदुरपश्चिम क्षेत्रमा आज बिशु पर्व धुमधामका साथ मनाइँदैछ । वैशाख १ गते मनाइने विशु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन छ । यो पर्वको रमाइलो पक्ष देवरभाउजू, नन्दभाउजू र साली भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर शुभकामना आदानप्रदान गर्नु हो । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहीआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ ।

बिशुकै दिन कुलदेवताको पूजा गरी स्थानिय परिकार गतानी डुब्का पकाएर खाने चलन छ । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।

 

प्रतिकृया दिनुहोस

बुढीतोलामा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको ज्यान गयो

अत्तरिया ,असोज १ ।   कैलालीको बुढीतोलामा अहिले केहीवेर अघि मात्रै ट्रयाक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।  गोदावरी

अत्तरियामा जिपको ठक्करवाट एक जना गम्भिर घाईते

अत्तरिया , असोज ०१ । कैलालीको अत्तरियामा जिपको ठक्करवाट एक जना गम्भिर घाईते भएका छन् ।  आज बिहान अत्तरिया स्थित शिव मन्दिर बनखेत अगाढी पुर्ववाट आउदै

आज विश्वकर्मा पूजा ,फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर मनाईदै

अत्तरिया , असोज ०१ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा धुमधामले