गोदावरी नगरपालिकाको विकासे वजेट खर्च न्युन , विकास निर्माणका काम अलपत्र

हेमराज भट्ट , अत्तरिया बैशाख ०२ ।
कैलालीको गोदावरी नगरपालिकाले अहिले सम्म सोचे अनुसारका ठूला बिकास निर्माणका कामहरुमा रकम खर्च गर्न नसक्दा थुप्रै बिकास निर्माण कामहरु अलपत्र परेका छन् । नगरपालिकाको कार्यालय विकास निर्माणका कामहरुलाई भन्दा पनि कर्मचारीको सेवा सुबिधामा बढि केन्द्रित रहेको पाईएको छ ।

 

चालु आर्थिक बर्ष सकिन ३ महिना मात्रै बाकि रहदा गोदावरी नगरपालिकाले चालु आर्थिक बर्षका लागी बिनियोजन गरेको  झण्डै ७५ करोड ८६ लाख कुल बजेटमध्ये ३४ करोड ४० लाख रकम विकास वजेटमा छुट्याईएको थियो । त्यसमध्ये अहिले सम्म ५ करोड ६३ लाख रकम मात्रै विकास निर्माणका कामहरुमा खर्च भएको गोदावरी नगरपालिकाका लेखा अधिकृत राम चन्द्र जोशीले जानकारी दिए । बिकास निर्माणका कामहरुमा निकै कम मात्रमा रकम खर्च गरेको नगरपालिकाले प्रशाशनिक र अन्य सेवा सुबिधामा भने अधिक भन्दा बढि रकम खर्च गरिसकेको छ ।

 

चालु आर्थिक वर्षमा खर्च भएको कुल २७ करोड रकम मध्ये झण्डै २२ करोड रकम प्रशासनिक र सेवा सुविधामै खर्च भएको लेखा प्रमुख जोशीले बताए । चालु तर्फ प्रशासनिक खर्च तलव भत्ता सहित सञ्चार, भ्रमण ,यातायताका साधन खरिद ,बिषयगत खर्च र अन्य सेवा सुविधाको शिर्षकमा खर्च गरिएको छ । लक्षित वर्ग र अन्य कार्यक्रम अन्तर्गत झण्डै १३ करोड वढी खर्च भएको छ । तलव भत्तामा मात्रै विकास वजेटभन्दा दुई करोड वढी ७ करोड ८० लाख ४९ हजार रुपैया खर्च भएको छ भने सवारी साधान खरिद गर्नका लागी ४३ लाख खर्च भएको छ ।

 

नगरपालिकाका कर्मचारीहरुको तलबभत्तामा मात्रै १२ लाख रकम खर्च भएको छ भने ५ लाख सञ्चारमा र साढे १० लाख ईन्धनमा खर्च गरिएको लेखा अधिकृत जोशीले बताए  । जनप्रतिनिधिहरु आईसकेपछि विकस निर्माणका कामले फड्को मार्ने भन्ने आशाा बसेका गोदावरी नगरबासी बिकास निर्माणका काम भएको खर्च देखेर निराश भएका छन् । प्रराम्भिक चरण भएकाले अहिले सम्म स साना बिकास निर्माणका कामहरु भएको र अब बाकि रहेको ३ महिनामा ठुला बिकास निर्माण खर्च हुने लेखा अधिकृत जोशीको भनाई रहेको छ । अहिले सम्म विकास निर्माणका कामहरुको हिस्सा र योजना साना थिए उनले भने अब विकासमा कामहरुको हिस्सा योजनाहरु ठुला हुदा बिकासे बजेटले तिब्रता पाउने छ  ।

 

प्रतिकृया दिनुहोस

कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु

कैलाली ,मंसिर २८ । कैलालीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा विहिवार

कैलालीको साँडेपानीमा जीप र मोटरसाइकल एकआपसमा ठोकिदा ३ जना घाइते

 बौनिया मंसिर २७ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने कैलालीको मध्यवर्ती साँडेपानीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।

निर्मला पन्तको जन्मदिन पारेर आत्माको शान्तीको लागी होमयज्ञ

कञ्चनपुर,मंसिर २६।  निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आन्दोलन का स्वरुप फेरीरहेका नागरिक संघर्ष समितिले निर्मलाको आत्माको