बिधार्थी भर्ना अभियानलाई सम्बोधन गर्दै मुख्य मन्त्री भट्टले भने - म पनि बिचैमा पढाई छोडेर भारतमा जागिरको लागी गएको थिए

बैशाख २ , गेटा । 
आजबाट देशभर बिधार्थी भर्ना अभियान शुरु भएको छ ।  यता कैलालीमा  अभियानको प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले गेटामा रहेको  सरस्वती माध्यामिक विद्यालयमा विद्यार्थीलाई भर्ना गरेर शुरु गरेका हुन् । स्कुलमा आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्री भट्टले  स्थानिय एक बिधार्थी  नम्रता रानालाई कक्षा १ मा भर्ना गरेर अभियानको शुभारम्भ गरे । उक्त अबसरमा रानालाई आवश्यक पाठ्यपुस्तक दिएर राम्रो सँग अध्यन गर्न मुख्य मन्त्री भट्टले आशिर्बाद समेत दिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै  मुख्यमन्त्री भट्टले विद्यालयमा भर्ना मात्र हुनु ठूलो कुरो नभएर  नियमित कक्षामा बसेर शिक्षकबाट नयाँ–नयाँ ज्ञान लिन जरुरी रहेको सुझाब दिए  ।  भट्टले सात नम्बर प्रदेशमा अधिकाँस व्यक्तिहरू गरिब भएका कारण बिचमै विद्यालय छाड्न बाँध्य भएको स्मरण गर्दै आफ्नै उधाहरण पेश गरे ।  "म पनि धेरै पढ्न चाहन्थे तर, गरिबीकै कारण बिचमै विद्यालय छोडेर भारतमा रोजगारी गर्न जानु पर्‍यो" उनले भने -" प्रदेशमा विचमै विद्यालय छोड्ने प्रवृति रोक्न प्रदेश सरकारले विशेष नीति ल्याउने छ " । यस्तै कार्यक्रममा सहभागी   सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले कक्षा १ का बिधार्थी  देवकी रानालाई टीका लगाएर पाठ्यपुस्तक प्रदान गरे । मन्त्री सोडारीले बिगत देखी बिधार्थी भर्ना अभियान हुने गरेको भएपनी अझै  सतप्रतिशत विद्यार्थी भर्ना अभियानमा आउन नसकेको बताए ।  उनले प्रदेशमा कुनै पनि  व्यक्ति शिक्षाबाट वञ्चित भए शिक्षामा गरेका योग्दानहरू सफल नहुने बताए । ‘हामी सबैको ईच्छा, अनिवार्य नि:शूल्क आधारभुत शिक्षा’ भन्ने मुल नाराका साथ शुरु भएको अभियान १४ गतेसम्म सञ्चालन हुने छ । 

प्रतिकृया दिनुहोस

त्रिविका सबै आंगिक क्याम्पस र कार्यालयमा विदा

काठमाण्डौ,बैशाख ६ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु बिहिवार बन्द रहेका छन । पूर्वरजिष्ट्रार निलकण्ठलाल

गोदाबरी नगरपालीका अन्तर्गतका आधारभुततह कक्षा आठको बोर्ड परिक्षा शुरु

धुर्ब ओझा, अत्तरिया चैत १० । स्थानिय निकायको सरकार आएसंगै जिल्ला शिक्षा कार्यालयले संचालन गरिरहेको आधारभुततह कक्षा आठको परिक्षा यस बर्ष देखी स्थानिय

(एसईई)को पहिलो दिन आजको परिक्षा शान्तीपूर्ण रुपमा सम्पन्न

धनगढी,८ चैत, माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा आजदेखि सुरु भएको छ ।आजको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रदेश