जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ आज मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ

बैशाख ३, अत्तरिया । 
जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज  मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ ।

प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।

पञ्चाङ्ग निर्णायक समितिका  अनुसार औँसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा महत्वपूर्ण छ’ गौतमले भने ।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

अाजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

आमाका लागि मिष्ठान्न किन्नेका कारण बिहानैदेखि मिठाइ पसलमा सर्वसाधारणको भीड  लागेको छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् ।

पछिल्लो समयमा बढ्दो सूचना प्रविधिको विकासले सामाजिक सञ्जालमा मातातीर्थ औँसी र यसको महत्व सम्बन्धमा विभिन्न किसिमले उल्लेख गरिएको पनि पाइन्छ ।

प्रतिकृया दिनुहोस

बाजुराको कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएन

बैशाख १० ,बाजुरा ।  बाजुराको कोल्टी बिमानस्थलमा  नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट

धनगढी चौराहामा रहेका घरहरुमा डोजर लगाएर खाली गराउन शुरु

बैशाख १० , धनगढी ।  अत्तरिया - मोहोना  ६ लेन सडक क्षेत्रका अतीक्रमित  संरचना भत्काउन सुचना जारी गरेको झन्डै ढेड बर्ष पछि  आज डोजर लगाएर सडक क्षेत्र

प्रदेश नं ७ को चालु आर्थिक बर्षको १ अर्व २ करोड ५ लाख बराबरको आंशिक बजेट आज संसद बैठकमा प्रस्तुत

धनगढी , बैशाख ०९ । प्रदेश नं ७ को चालु आर्थिक बर्षको आंशिक बजेट आज प्रस्तुत गरिएको छ । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बाहादुर