प्रदेश नम्बर ७ मा बजेट ल्याउने अन्तिम तयारी

बैशाख ३ , धनगढी । 
७ नम्बर प्रदेशको आंशिक बजेट यसै हप्ता आउने भएको छ।  प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आशिंक बजेटको अन्तिम तयारीमा जुटेको मन्त्रालयले जानकारी दिएको छ ।  

आंशिक बजेका लागि आन्तरीक तथा बाह्य तयारी गरिरहेका मन्त्री बोहराले प्रदेशका मन्त्री, प्रदेश सभा सदस्यहरु, प्रदेशका ८८ स्थानीय निकायका प्रमुखहरु, उद्योगी व्यापारी, शिक्षाविद् र सरोकारवालाहरुसँगको छलफल  सकेको उनका प्रेस सहयोगी भरत बोहोराले जानकारी दिए ।

उनका अनुसार बजेट सिलिङ सबै मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालय आएको छ ।  मन्त्री बोहराले भने ‘यस आर्थिक  बर्ष भित्र सम्पन्न हुनेखालका योजना निमार्ण हुँदैछन्, जनतालाई प्रत्यक्ष लाभान्वीत हुने गरी योजनाको निमार्ण तथा बितरण गरिएको छ ।

’ प्रदेश सरकारले ल्याउन थालेको बजेटको आकार भने एक अर्ब दुई करोड ५ लाख को रहने छ । प्रदेशका स्थानीय तह तथा मन्त्रालयबाट आएका योजनाको आबश्यकताका आधारमा प्राथमिकिकरण गरेर योजना छनौट गरिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बजेटको तयारी स्वरुप मन्त्री बोहराले बिभिन्न क्षेत्रका ब्यक्तीसंग सामुहिक तथा छुट्टाछुट्टै छलफल गर्दै आएका छन । 

प्रतिकृया दिनुहोस

प्रदेश सातको गौरबको रुपमा लोवर चमेलिया जलबिधुत आयोजनालाई प्रदेश सरकारले बनाउने तयारी - अर्थमन्त्री झपट बोहोरा ( भिडियो )

धनगढी ,साउन ८ ।  प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले सरकारले प्रदेश सरकारले  बस सन्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।"गत आर्थिक बर्षको

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा