प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम प्रदेश सभा बैठकद्धारा सर्ब सहमतिले पारीत

धनगढी , बैशाख ०३ ।

प्रदेश नम्बर ७ को सरकारले प्रदेशसभा संसद बैठकमा प्रस्तुत गरेको निति तथा कार्यक्रम सोमवार संसदले पास गरेको छ । आर्थिक बर्ष २०७४÷०७५ को बाँकी अवधीका लागि चैत २८ गते बुधवार सरकारले आफ्नो निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । चैत २९ र ३० गते सांसदहरुले निति तथा कार्यक्रम माथी छलफल गरेका थिए । प्रदेश प्रमुख मोहनराज मल्लले संसद समक्ष प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रमलाई आवश्यक सुझाव सहित पास गरेको हो ।

नितितथा कार्यक्रम प्रदेश सभाले पारीत गरेपछि अब चालु आर्थिक वर्षको तीन महिनामा खर्च गर्ने गरी प्रदेश सरकारले बजेट ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसहमतले पारित भएकाले चाडै सरकारको बजेट आउने अर्थमन्त्री झपड बोहराले बताए । आंसिक बजेटका बिषयमा सरकारले छलफल गरीरहेको भन्दै उहाँले बजेट तयारीको चरणमा रहेको र छलफल भैरहेको बताए । आर्थिक मामिला तथा योजना मन्त्री बोहरा आशिंक बजेटको अन्तिम तयारीमा जुटेको मन्त्रालयले जानकारी दिए । आंशिक बजेका लागि आन्तरीक तथा बाह्य तयारी गरिरहनुभएका मन्त्री बोहराले प्रदेशका मन्त्री, प्रदेश सभा सदस्यहरु, प्रदेशका ८८ स्थानीय निकायका प्रमुखहरु, उद्योगी व्यापारी, शिक्षाविद् र सरोकारवालाहरुसँगको छलफल सकेका छन् । 

बजेट सिलिङ सबै मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालय आई सकेको समेत मन्त्री बोहराले बताए । प्रदेश सरकारले ल्याउन थालेको बजेटको आकार भने एक अर्ब दुई करोड ५ लाख को रहने छ । प्रदेशका स्थानीय तह तथा मन्त्रालयबाट आएका योजनाको आबश्यकताका आधारमा प्राथमिकिकरण गरेर योजना छनौट गरिएको मन्त्रीको सचिवालयले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

बाजुराको कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएन

बैशाख १० ,बाजुरा ।  बाजुराको कोल्टी बिमानस्थलमा  नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट

धनगढी चौराहामा रहेका घरहरुमा डोजर लगाएर खाली गराउन शुरु

बैशाख १० , धनगढी ।  अत्तरिया - मोहोना  ६ लेन सडक क्षेत्रका अतीक्रमित  संरचना भत्काउन सुचना जारी गरेको झन्डै ढेड बर्ष पछि  आज डोजर लगाएर सडक क्षेत्र

प्रदेश नं ७ को चालु आर्थिक बर्षको १ अर्व २ करोड ५ लाख बराबरको आंशिक बजेट आज संसद बैठकमा प्रस्तुत

धनगढी , बैशाख ०९ । प्रदेश नं ७ को चालु आर्थिक बर्षको आंशिक बजेट आज प्रस्तुत गरिएको छ । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बाहादुर