चितुवाको आक्रमणबाट आज कंचनपुरमा एकजना घाइते

कंचनपुर , बैशाख ०३ ।
चितुवाको आक्रमणबाट सोमवार कंचनपुरमा  एकजना घाइते भएका छन् । चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् । सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा आज बिहान चितुवा पसेर रानालाई आक्रमण गरेको हो । चितुवाले गाउँमा बाख्रासमेत खाएको छ । चितुवालाई वस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली, निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको थियो । उक्त वस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ ।

 

प्रतिकृया दिनुहोस

बुढीतोलामा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको ज्यान गयो

अत्तरिया ,असोज १ ।   कैलालीको बुढीतोलामा अहिले केहीवेर अघि मात्रै ट्रयाक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।  गोदावरी

अत्तरियामा जिपको ठक्करवाट एक जना गम्भिर घाईते

अत्तरिया , असोज ०१ । कैलालीको अत्तरियामा जिपको ठक्करवाट एक जना गम्भिर घाईते भएका छन् ।  आज बिहान अत्तरिया स्थित शिव मन्दिर बनखेत अगाढी पुर्ववाट आउदै

आज विश्वकर्मा पूजा ,फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर मनाईदै

अत्तरिया , असोज ०१ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा धुमधामले