धौलीको ब्या भयो भन्दै हिट भएका लोकपप गायक चेतन बोहरा फेरि सबैलाई नचाउने गित अम्बर डम्बरवाट चर्चा कमाउदै

हेमराज भट्ट , अत्तरिया , बैशाख ०५ ।
नेपाली कलाकारिता क्षेत्रमा प्रबेश गरेको  छोटो समयमै थुपै्र चर्चा कमाउन सफल नेपाली लोक पप तथा देउडा गायक चेतन बोहराले अम्बर डम्बर बोलको गित धौलीको ब्या २ बजारमा ल्याएका छन् ।

 

कैलालीको गोदावरी नगरपालिका वडा नं ७ लालपुरका स्थाई बसिन्दा रहेका बोहरा नेपाली कलाकारिता क्षेत्रमा लागेको धेरै समय भएको छैन् । यद्धपि उनले यस अघि बजारमा ल्याएको धौलीको ब्या बोलको गितले सबै ठाउमा चर्चा पाए पछि उनि पछिल्लो समय नेपाली साँगितिक बजारमा युवादेखी बुढाबुढी पुस्तासम्मको मन छुन सफल भएका छन् । आफ्नो पढाई संग संगै मैले पनि मेरो गाउठाउका लागी केहि गर्नुपर्छ , सुदुरपश्चिमको कला , संस्कृति र याहाको भाषालाई अगाढी बढाउनुपर्छ भनेर यस क्षेत्रमा लागेको उनि बताउदछन् ।

 

उनले बिषेश गरेर सुदुरपश्चिका भाषाहरुलाई समेटेर नाच्ने र नचाउने खालका  फरक तबरका  गितहरु बजारमा ल्याएर चर्चा कमाईरहेका छन् । अहिले सुदुरपश्चिम अर्थात प्रदेश नं ७ मा मात्रै नभई देशका हरेक कुना कब्जामा हुने सास्कृतिक कार्यक्रमहरु देखि लिएर बिहेभोजमा धौलीको ब्या गितमा थुपै्र युवा युवती देखि बुढापाखाहरु रमाई रहेका देखिन्छन् ।

 

धौलीको ब्या १ वाट अपार सफलता र दर्शकहरुको भरपुर माया पाएका बोहराको धौलीको ब्या २ अम्बर डम्बर गितको भिडियो सोमवार युवटुव च्यानल मार्फत सार्वजनिक भएको छ । चर्चित संड्गितकार एबम् र्याफर राजेन्द्र भट्ट मिस्टर आर जे युबटुब च्यानल मार्फत बजारमा आएको गित २ दिनमै ६५ हजार बढि दर्शकहरुले हेरेका छन् । राजेन्द्र भट्टको शब्द संगीतको साथै र्याप रहेको अम्मर डम्मर खैरो पात गित डिजेमा रहेको छ । उक्त गीतको भिडियो लाइमलाइट नेपालले निर्माण गरेको हो । भिडियोमा नव प्रवेसी मोडल क्रिस्टिना थापाले मोडल द्वय पुस्कर बिष्ट र सन्तोष कुमारसँग दम्दार अभिनय गरेकी छिन । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन ।

 

शुद्ध सुदुरपश्चिमेली भाषाहरु समेटिएर तयार पारिएको लोक पप गित अम्बर डम्बर बजारमा आएपछि संञ्चारकमीहरुसंग कुराकानी गर्दै गायक बोहराले बिगतमा गितहरु धेरै दर्शकहरुले मन पराएकाले यसपटकको गित पनि प्यारा श्रोता, दर्शक तथा पाठकहरुले मन पराउनेमा आफुलाई बिश्वास रहेको बताए । यसअघि गायक चेतन बोहराले धानै कुट्ने ढिक्की , मेरा आशु , अधुरो पिरती , धौल्किो ब्या जस्ता आधा दर्जन गितहरु बजारमा ल्याइसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

गायक कलौनीको गीत "म त चरी आउला" युट्युबमा सार्वजनिक

बैशाख २० , अत्तरिया ।  लामो समय देखि गीत संगितमा  संघर्ष गरिरहेका वेदकोट न.पा. , भासीका गायक नवराज कलौनीले आफ्नो पहिलो गीत "म त चरी आउला" युट्युबमा

झण्डै १२ करोडको लागानीमा निर्माण भएको धनगढी फन सीटी सन्चालनमा (फोटो फिचर )

बैशाख १४ , धनगढी ।  कैलालीको धनगढीमा कारीब १२ करोडको लगानीमा निर्माण भएको धनगढी फन सीटी सन्चालनमा आएको छ । दुई बिगाह भन्दा बढी जग्गामा

बिदेशमा पहिलो पटक देउडा गितको छायाँकन

रमेश भट्टराई,दुबर्ई   देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गित कम्मर लड्काई लड्काई नयाँ वर्षमा बजारमा आउने भएको छ । पहिलो गित दुवईको लाहुर्याको