भिटामिन ए र जुकाको औषधि आज पनि खुवाइँदै

चैत्र ७ ।
बिहिवार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज शुक्रवार पनि औषधि खुवाइँदैछ । बालबालिकालाई पायक पर्ने ठाउँमा गएर भिटामिन ए र जुकाको औषधि खुवाउन बाल स्वास्थ्य महाशाखाले सबैलाई आग्रह गरेको छ ।

एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउनु पर्छ ।  महाशाखाका अनुसार झण्डै ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको छ ।

सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो । सरकारले वैशाख ६ र ७ तथा कत्तिक २ र ३ गते गरी वर्षको दुई पटक देशभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

प्रचण्ड परिवारमा भाइरल ज्वरोको संक्रमण

काठमाडौ , माघ ८ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रचण्डपत्नी सीता दाहाल सुमेरु

३ महिनाको बच्चाको दुर्लभ हर्निया अप्रेसन सफल

धनगढी,पुस १५ ।   जन्मजात हर्निया हुने समस्या आजभोलि बढ्दै गए पनी हर्नियामा आन्द्रा अड्किएको समस्या बिरलै हुने गर्छ । धनगढी उपमहानगरपालिका ५,

निसर्ग हस्पिटलको नि:शुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

धनगढी,पुस १५  निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. हसनपुर, धनगढी-५, कैलालीको प्राविधिक सहयोग तथा बागेश्वरी कृषि सहकारी संस्था लि. को आयोजनामा