गोदावरीनगरपालिका १० का वडा अध्यक्ष सहित ६जना जुवा खेलीरहेको अबस्थामा पक्राउ

वैशाख ७,अत्तरिया । 
कैलालीको अत्तरीयावाट शुक्रबार  जुवा खेलिरहेका अबस्थामा वडा  अध्यक्ष सहित ६ जना पक्राउ परेका छन । वडा प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले बिषेश सुचना पाएपछि गोदावरी नगरपालिकाको वडा नम्वर १० का वडाध्यक्ष रविन्द्र शाही "गुड्ड" सहित ६ जनालाई पक्राउ गरेको हो  । अत्तरीयामा महेन्द्रनगर रोडमा रहेको दिप-सागर होटेल एण्ड लजमा तास खेलिरहेका वडाध्यक्ष शाही सहित गोदावरी वडा नम्वर २ का लोकेन्द्र साउँद, वडा नम्वर ३ का पदम भट्टराई, वडा नम्वर १० का सन्देश तामाङ, गोरखाका सुरज वुगरकोटी र कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्वर ७ का विरेन्द्र विष्टलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष शाही गत स्थानिय तहको निर्बाचनमा नेपाली काङ्रेसको तर्फबाट निर्बाचित भएका हुन ।  उनीहरुबाट  ५९ हजार नगद वरामद पनि गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ गरिएकाहरु माथी जुवा ऐन अनुसार कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।  

प्रतिकृया दिनुहोस

धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप बढ्दो

धनगढी , जेठ १४ । धनगढीलाई प्रदेशको अस्थाई राजधानी तोकेपछि मुख्य बजारमा सवारीको चाप अत्यधीक बढेको छ। ट्राफिक चौराह देखि क्याम्पस चोकसम्मको धनगढी बजार

धनगढी गोलीकान्ड को आशंकामा दिनभर थुनामा परेका अत्तरियाका दुई स्थानिय रिहा

धनगढी,१३ जेठ । धनगढी गोलीकान्डको आशंकामा पक्राउ परेका दुई जनालाई प्रहरी छोडेको छ । आज बिहान अाई एम ईमा कार्यरत निर्मल  कार्कीलाई ब्याँकबाट पैसा

अत्तरिया जुनियर जेसिजको आयोजनामा ७ दिने उद्घोषण तालिम सुरु

अत्तरिया , जेठ १३ । कैलालीको अत्तरियामा आईतवारदेखि ७ दिने उद्घोषण तालिम सुरु भएको छ । अत्तरिया जुनियर जेसिजको आयोजना र गुरास एकेडेमीको आर्थिक सहयोगमा