प्रदेश नम्बर सातको पहिलो झन्डै १ अरब २ करोड ५ लाखको आँशिक बजेट भोली आउने

बैशाख ८ ,धनगढी । 
प्रदेश नम्बर सातको पहिलो आँशिक बजेट भोली आउने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले संसदमा  दिउसो ३ बजे प्रस्तुत गर्नेछन ।

बजेटको सम्पुर्ण तयारी पुरा भएको र बजेटको बारेमा आज प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई आज नै जानकारी गराउने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले जानकारी दिए ।

बजेटको बारेमा जानकारी दिन मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले तीन महिनाको लागी झन्डै १ अरब २ करोड ५ लाखको आँशिक बजेट ल्याउन लागेको जानकारी दिए ।

"संघियतालाई कार्यान्वयन गर्ने गरी समाजबाद उन्मुख र जनमुखी बजेट आउंछ", उनले भने -"जनताका आधारभुत समस्यालाई छुने गरी स्वास्थ्य शीक्षा , कृषि पर्यटन ,जनसेवा लाई समेटर बजेट तयार गरेका छौ "। मन्त्री बोहोराले बिगतमा जस्तो कनिका छर्ने गरी बजेट ल्याउने नभई पारीणाममा काम देखिने गरी बजेट्को तयारी गरेको बताए ।

बजेटमा मुलत कृषिलाई नै समेटिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।    
 

प्रतिकृया दिनुहोस

प्रदेश सातको गौरबको रुपमा लोवर चमेलिया जलबिधुत आयोजनालाई प्रदेश सरकारले बनाउने तयारी - अर्थमन्त्री झपट बोहोरा ( भिडियो )

धनगढी ,साउन ८ ।  प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले सरकारले प्रदेश सरकारले  बस सन्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।"गत आर्थिक बर्षको

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान

प्रदेश सात सरकारले सार्बजनिक गरेको बजेटको पूर्णपाठ

धनगढी ,असार १ ।  ७ नम्बर प्रदेशको सरकारले आगामी आर्थिक बर्षको बजेट शुक्रबार  संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्री झपट बोहरालले प्रदेश सभामा