प्रदेश नम्बर सातको पहिलो झन्डै १ अरब २ करोड ५ लाखको आँशिक बजेट भोली आउने

बैशाख ८ ,धनगढी । 
प्रदेश नम्बर सातको पहिलो आँशिक बजेट भोली आउने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले संसदमा  दिउसो ३ बजे प्रस्तुत गर्नेछन ।

बजेटको सम्पुर्ण तयारी पुरा भएको र बजेटको बारेमा आज प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई आज नै जानकारी गराउने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले जानकारी दिए ।

बजेटको बारेमा जानकारी दिन मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले तीन महिनाको लागी झन्डै १ अरब २ करोड ५ लाखको आँशिक बजेट ल्याउन लागेको जानकारी दिए ।

"संघियतालाई कार्यान्वयन गर्ने गरी समाजबाद उन्मुख र जनमुखी बजेट आउंछ", उनले भने -"जनताका आधारभुत समस्यालाई छुने गरी स्वास्थ्य शीक्षा , कृषि पर्यटन ,जनसेवा लाई समेटर बजेट तयार गरेका छौ "। मन्त्री बोहोराले बिगतमा जस्तो कनिका छर्ने गरी बजेट ल्याउने नभई पारीणाममा काम देखिने गरी बजेट्को तयारी गरेको बताए ।

बजेटमा मुलत कृषिलाई नै समेटिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।    
 

प्रतिकृया दिनुहोस

आर्थिक समृद्धि र शुखी नेपालीको नारा पुरा गर्न लगानी बढाउनु पर्नेमा पूर्वमन्त्री भट्टको जोड

अत्तरिया, कार्तिक २८ ।  पूर्वमन्त्री लेखराज भट्टले अत्तरिया प्रदेशको केन्द्र भएकाले ब्यबसायीहरुलाई लगानी बढाउन आग्रह गर्नु भएको छ । आज अत्तरियामा

अत्तरियामा यमाहा मोटरबाईकको शो-रुम सन्चालनमा

    अत्तरिया,कार्तिक २८ ।  अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो शो-रुमको सेवा आरम्भ गरेको छ । अत्याधुनिक शो रुमको आज एक कार्यक्रमका बिच

दुई महिनाको कर संकलनबाट सुदुरपश्चिम प्रदेश सरकार उत्साही

धनगढी ,असोज २१।  सुदूरपश्चिम प्रदेशमा सरकारले चालु आ .ब को दुई महिनामा झण्डै १० करोड राजस्व / कर संकलन गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक