ग्यास उद्योग तत्काल स्तान्तरण गरिनुपर्ने भन्दै उल्टियो चौकिडाडाको पुरै बस्ती

हेमराज भट्ट , अत्तरिया , बैशाख ११ ।
कैलालीको गोदावरी नगरपालिका ३ चौकिडाडामा रहेको रेडियण्ट ग्यास उद्योग अन्यत्र ठाउमा स्तान्तरण गर्नुपर्ने माग राख्दै आएका स्थानियहरुले आफ्ना माग संम्बोधन गर्नुका साटो संञ्चालकले उल्टै धम्काई अभद्र ब्यावहार गरेकाले आफहुरु कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

 

बिगत एक महिनादेखि निरन्तर रुपमा आन्दोलित रेटियन्ट ग्यास स्थानान्तरण सर्घष समितिले आज चौकिडाडामा पत्रकार सम्मेलनको आयोजना गरि बस्तीको बिचमा रहेको ग्यास उधोग चाडो भन्दा चाडो स्थान्तरण गरिनुपर्ने नभए आफुहरु जस्तो सुकै परिस्थितमा जान पनि बाध्य हुने बताएका छन् । ग्यास उद्दोगले बिभिन्न खाले रोगहरुका साथै बातावरण प्रदुषणमा नकारात्मक असर परिरहेकाले ग्यास उधोग सो क्षेत्रवाट हटाएर अन्यन्त्रै स्थानान्तरण गरिनुपर्ने भन्दै आज चौकिडाडाको पुरै बस्ती उल्टिएर आएको थियो । मेडिकल कलेज सञ्चालन गर्ने भन्दै जाल झल गरी झुक्याएर २०६५ सालमा रोयल मल्टिलुक कन्सर्न प्रा.लिका नाममा ग्यास उधोग स्थापना गरेको स्थानियहरुको भनाई रहेको छ ।

 

 

 

 

बस्तीका बिचमा ग्यास उधोग खोलिदा आफुहरु बिभिन्न खाले रोगहरुको शिकार भैरहेको स्थानिय महिला जानकि खड्काले गुनासो पोखिन् । यस्तै ग्यास उधोग नजिकै रहेको रहेको खप्तड बिधा निकेतनका प्रन्सिपल श्याम खत्रीले आफुमा जनचेतना अभावले त्यो बेला स्थानियहरुले मेडिकल कलेज स्थापना हुने भन्दै हर्षित भएर कलेजले सबैलाई फाईदा पुग्ने भन्दै जग्गा र बाटो दिएको बताए ।

अन्तत त्याहा बिभिन्न जाल झेल गरि ग्यास उधोग स्थापना हुदा आफुहरुलाइृ सो आसपास बस्नै नसकिने अबस्था रहेको उनले बताए । मेरो बिधालयमा सुरुमा बिधामर्थीहमरुको घुईचो थियो उनले भने — अहिले यो ग्यासको प्रंदुषणले बिधार्थीहरुमा श्वास प्रश्वास सम्बन्धि समस्या , मुर्छ पर्ने र छालाका समस्याहरु देखिन थालेपछि बिधालयमा बिधार्थी नै आउन छोडेका छन् । पुरै बस्ति नै ग्यास उधोगका कारण त्रसित भएको बताउदै उनले सो उधोग चाडो भन्दा चाडो बस्ती नभएको क्षेत्रमा लग्न सञ्चालकलाई आग्रह गरे ।

 

 

 

पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक धुर्ब भट्टराईले आफुहरुको माग उधोग बन्द गराउने नभई ग्यास उधोगले स्थानियमा त्रास सिर्जना भएकाले स्तान्तरण गर्नुपर्ने मात्रै रहेको बताए । हामीले पटक पटक संघर्ष समिति बनायौ उनले भने — यो चौथो पटक हो , आफुले सबै ठाउमा कुरा राखिसकेका छौ तर पनि संञ्चालकहरुले हाम्रा मागहरुलाई संम्बोधन गरिनुको सट्टा उल्टै धम्काउने ,डराउने काम भैरहेको छ ।

 

शुरुमा मेडिकल कलेज खोल्ने भनेर स्थानियहरुवाट सस्तोमा जग्गा र बाटो लगेको तर स्थानियहरु संग कुनै समन्वय नै नगरी उधोग संञ्चालन गरेकाले यसलाई चाडो भन्दा चाडो स्तानान्तरण गरिनुपर्ने आफ्नो माग रहेको बताए । आफुहरुका मागलाई संञ्चालकले गम्भिरता पुर्वक लिनुको साटो उल्टै धम्किपुर्ण तर्क दिएकाले यसको समाधानमा गर्न प्रदेश सरकार पनि गम्भिर बन्नुपर्ने उनको भनाई छ । पत्रकार सम्मेलन पछि संघर्ष समितिले आजै गोदावरी नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । उता ग्यास उधोगका म्यानेजर हरि शंकर उपाध्यायले स्थानियहरुको माग अनुसार ग्यास उधोग सार्ने तयारीमा रहेको भएपनि अन्यन्त्र जग्गा नमिल्दा समस्या भैरहेको बताए ।

 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु , ४ जना घाईते

डडेल्धुरा , माघ ८ । डडेल्धुरामा फरक–फरक स्थानमा परेको चट्याङ लागेर आज २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा आलिताल

अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरण - राजु कडायत पनि पक्राउ

धनगढी,माघ ८ ।  अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरणमा अहिले सम्म ७ जना पक्राउ परेका छन्। अहिले सम्म सबैलाई धनगढी आसपासबाट प्रहरीले पक्राउ गरेको

चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा , माघ ०८ । चट्याङ लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्घुराको आलिताल गाउँपालिका–३ बागथलाका बर्ष ३० का हर्कबहादुर