बार्षिक उत्सवका अवसरमा बिरामीहरुलाई फलफुल बितरण

धुर्ब ओझा,अत्तरिया बैशाख ११ ।
कैलालीको अत्तरिया स्थित सुर्य लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखाले आज एघारौ बार्षिक उत्सव मनाएको छ ।उत्सवका अवसरमा अत्तरियामा रहेको पदमा अस्पतालमा रहेका करिब ३० जना बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

यरिया शाखा प्रबन्धक जगदिश भट्ट तथा अत्तरिया शाखा प्रबन्धक आनन्द प्रसाद भट्ट लगायतको संयोजकत्वमा उक्त कार्यक्रम मनाएको हो । प्रतिष्ठित ब्यक्तित्व, उद्योगपती, ब्यापारी तथा समाजसेबीद्धारा प्रबद्र्धित यस कम्पनीले नेपाली बिमा जगदमा उत्कृष्ठ सेवा गरी सम्मान जनक नतिजा ल्याउन सफल भएको अत्तरिया शाखा प्रबन्धक आनन्द प्रसाद भट्टले बताए ।

 

त्यस्तै आगामी दिनमा थप सेवा बिस्तार गरि प्रदेश नम्बर ७ का सबै नेपालीको आगनमा हरेक बिहानी सुर्य जस्तै झुल्कने उद्देश्य लिएको यरिया शाखा प्रबन्धक जगदिश भट्टले उनले बताए ।  देशैभर ६६ ओटा शाखा कार्यालयहरु र ७ ओटा अन्य कार्यालयहरु रहेका छन भने प्रदेश नम्बर ७ मा १० ओटा शाखा कार्यालयहरु रहेका छन ।

 

प्रतिकृया दिनुहोस