नयाँ कामदारका लागि नयाँ नियम लागु

माघ २६ ,युएई । 
 संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा आउने नयाँ कामदारका लागि नयाँ नियम लागु गरेको छ। युएई सरकारले २०१८ फेब्रुअरी ४ देखि लागु हुनेगरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनु पर्ने नियम लागु गरेको हो। रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम बनाएको हो।

नेपालीहरूले प्रहरी प्रधान कार्यालय नक्सालबाट उक्त प्रमाणपत्र बनाउन सक्ने छन्। प्रमाणपत्र लिइसकेपश्चात कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौं स्थित युएइको राजदूतावासबाट प्रमाणिकरण गरी युएइको सम्वन्धित निकायमा बुझाउन पर्ने छ।

पछिल्लो पाँच वर्षमा नेपाल बाहेकको मुलुकहरुमा बसोबास गरेको भए तत्_तत् मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्ष भन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायले यस्तो प्रमाणपत्र उपल्ध गराउने नेपाली दूतावास युएईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

सो अवधि भन्दा कम सय युएईमै रहेका नेपालीहरुले आफ्ना नातेदार मार्फत माग भएबमोजिमका कागजपत्र उपलब्ध गराएर नजिकको प्रहरी प्रधान कार्यालय वा अपराध अनुसन्धान विभागको चालचलन शाखा नक्सालबाट प्रमाण पत्र लिन सक्नेछन्।

प्रतिकृया दिनुहोस

सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

एजेन्सी जेनेभा, १५  फागुन |  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियामा मानवीय सहायताको अपिल गर्दै ३० दिने युद्धविरामसम्बन्धी प्रस्ताव पारित

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने माग

फागुन ११ , एजेन्सी  गत साताफ्लोरिडाको एक स्कुलमा भएको गोलीबारी घटनापछी अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन बनाइनुपर्ने मागबारे बहस सुरु

डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति

फागुन १०, एजेन्सी ।    राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको